८ बैशाख २०८१, शनिबार
Follow Us

पद्मश्री साहित्य पुरस्कारका लागि पाँच पुस्तक मनोनय

नेपालब्रिटेन डट कम्
६ श्रावण २०७४, शुक्रबार १३:४४

काठमाडौं । पद्मश्री साहित्य पुरस्कार २०७३ का लागि पाँचवटा पुस्तक मनोनय भएका छन् । खेमलाल हरिकला लमिछाने समाज कल्याण प्रतिष्ठानको संरक्षकका तर्फबाट जीवा लामिछानेले जारी गरेको विज्ञप्तिअनुसार मनोनयमा परेका पुस्तकहरुमा जनकराज सापकोटाको कहर, कुमार नगरकोटीको घाटमाण्डु, राज सरगमको छाउघर, नविन विभासको रोल्पा सुइना र नवराज पराजुलीको सगरमाथाको गहिराइ रहेको छ ।
प्रतिष्ठानले यस पटक छनोट गरेका सबै लेखक युवा पुस्ताका हुन् । कहरका लेखक सापकोटा र विभास सञ्चारकर्मी हुन् भने आख्यानमा नयाँ आयम ल्याएका नगरकोटी अहिलेका चर्चित लेखक हुन् । उनको पछिल्लो पुस्तक मिस्टिका पनि चर्चित कृति हो ।