८ बैशाख २०८१, शनिबार
Follow Us

निर्वाचन अगाडि संविधान संशोधन हुनसक्दैनः पूर्व प्रम खनाल

नेपालब्रिटेन डट कम्
७ श्रावण २०७४, शनिबार ०८:३९

म्याग्दी । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले निर्वाचन अगाडि संविधान संशोधन हुननसक्ने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ औँ स्मृति दिवसको अवसरमा नेकपा एमाले म्याग्दीले आज बेनीमा आयोजना गरेको प्रवचन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
नयाँ संविधानपूर्ण नरहेको बताउँदै उहाँले स्थानीय, प्रदेश र राष्ट्रिय गरी तिनै चरणका निर्वाचन सम्पन्न भएपछि मात्रै संविधानलाई मुलुकको आवश्यकताअनुसार परिमार्जन गर्दै लैजानुपर्ने धारणा राख्नुभयो । स्वर्गीय पुष्पलालले अंगिकार गरेको नीतिले नेपालमा राणाशासनको अन्त्य गर्न सम्भव भएको बताउँदै नेता खनालले नेपालको कम्युनिष्ट, देशभक्त र लोकतान्त्रिक आन्दोलनमा उहाँको योगदान महत्वपूर्ण रहेको चर्चा गर्नुभयो ।