८ बैशाख २०८१, शनिबार
Follow Us

अवरुद्ध महाकाली राजमार्ग पुनः सञ्चालनमा

नेपालब्रिटेन डट कम्
७ श्रावण २०७४, शनिबार ०९:२४

बैतडी । गएराति परेको पानीले सडक माथिबाट पहिरो खस्दा अवरुद्ध भएको महाकाली राजमार्ग आज अपरान्हदेखि पुनः सञ्चालनमा आएको छ ।
बैतडीको सतबाझदेखि–गोकुलेश्वर सडकखण्ड अन्तर्गतपर्ने डिलाशैनी ६ बागाबगरमा पहिरो जाँदा यातायात अवरुद्ध बनेको सडक स्थानीय बासिन्दा र प्रहरीले पन्छाएपछि सडक पुनः सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिनुभयो ।
बागाबगरमा माथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध हँुदा यातायात पूर्णरुपमा बन्द भएको थियो । सडक सुचारु भएपछि बैतडीबाट बाहिरिने र भित्रिने लामो तथा छोटादुरीका यातायातका साधन गन्तव्यतिर लागेका छन् ।
सडक अवरुद्ध हुँदा काठमाडौं, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दार्चुला , बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका यात्रु अलपत्र परेका थिए ।