१५ चैत्र २०८०, बिहीबार
Follow Us

विदेशमा प्राविधिक विषय पढ्ने विद्यार्थीको रोजाइ

नेपालब्रिटेन डट कम्
७ श्रावण २०७४, शनिबार १४:११

काठमाडौं । नेपाल बाहिर पढ्न चाहने विद्यार्थीको पहिलो रोजाइ प्राविधिक र व्यावसायिक विषय देखिएको छ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले सञ्चालन गरेको मेलामा आउने विद्यार्थीमा त्यस्तो रुचि देखिएको हो । भृकुटीमण्डपमा यही साउन ५ गतेदेखि जारी सो चारदिने मेलामा आज उत्साहजनक सहभागिता भने देखिएन ।
मेलामा कक्षा १२ को परीक्षा सिध्याएर परीक्षाफल कुरिरहेका कलिला किशोर किशोरीदेखि स्नातकोत्तर तह र सोभन्दा माथिसम्म अध्ययन गरेकाहरु पनि विदेशको शिक्षाबारे जानकारी लिन आएको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार विद्यार्थीको रोजाइमा अमेरिका, अष्ट्रेलिया, बेलायत, जापान, क्यानाडा, न्यूजिल्याण्डदेखि चीन, भारत, श्रीलंका र बंगलादेश आदि मुलुक छन् ।