२६ बैशाख २०८१, बुधबार
Follow Us

नारायणगढ–मुग्लिन सडक खण्डमा ठूलो पहिरो

नेपालब्रिटेन डट कम्
७ श्रावण २०७४, शनिबार १५:२७

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला र चेपाङ डाँडाको बीचमा आज अपराह्न ठूलो पहिरो खसेपछि सवारी आवागमन रोकिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार मुग्लिनबाट दुई दशमलव तीन किलोमिटर नारायणगढतर्फ पहिरो खसेको हो । पहिरोले ३० मिटर जति सडक ढाकेको खनालले बताउनुभयो । अपराह्न ३ः५० बजेदेखि पहिरो खस्न थालेकोमा निरन्तर पहिरो खसिरहेकाले पहिरो पन्छाउन नसकिएको उहाँले बताउनुभयो ।
सोही ठाउँमा गत महिना पहिरो खस्दा ३४ घण्टा सडक अबरुद्ध भएको थियो । सोही सडकको जलविरेमा आज बिहान पहिरो खस्दा तीनघण्टा सडक अवरुद्ध भएको थियो । सो सडकमा रातको समयमा आवागमन रोकिँदै आएको छ । सडकको स्तरोन्नतिका क्रममा भित्तो काटिएका ठाउँमा पटकपटक पहिरो खसेपछि यो सडक हुँदै आवतजावत गर्ने यात्रुले दुःख पाउँदै आएका छन् ।