७ बैशाख २०८१, शुक्रबार
Follow Us

ग्रेटर रसमोर नेपाली कम्युनिटीको अध्यक्षमा जीव बेलबासे निर्विरोध

नेपालब्रिटेन डट कम्
७ श्रावण २०७४, शनिबार १८:०१

लण्डन । नेपाली समूदायको बाक्लो उपस्थित रहेको अल्डरशट क्षेत्रमा सकृय ग्रेटर रसमोर नेपाली कम्युनिटीको अध्यक्षमा जीव बेलवासे र्निविरोध भएका छन् ।
कम्युनिटीको शनिवार सम्पन्न ७ औं अधिवेसनले बेलबासेलाई सर्वसम्मतले नेतृत्व सुम्पिएको हो । यसअघि बेलबासे कम्युनिटीको बरिष्ठ उपाध्यक्ष थिए ।

अधिवेसनले बरिष्ठउपाध्यक्ष, रामधन राई, उपाध्यक्षहरु, नेम थापा, रन्जिता मल्ल, महासचिव, मान गुरुङ, सचिव युवन गुरुङ, कोषाध्यक्ष टोप पल्ली, सहकोषाध्यक्ष दीपक घले, महिला संयोजक, लिला सेलिङ माबो, सदस्यहरु, भक्त क्षेत्री, नगेन्द्र नेंवाङ, जगना गुरुङ, दिल नेपाली, वेवमास्टर, प्रेम गुरुङ, सहसांस्कृति संयोजक, सुरक्षा राना चयन गरेको छ ।