८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएन यूरोप बैठकमा २७ देशका ४ सय प्रतिनिधी सहभागी हुने

नेपालब्रिटेन डट कम्
७ श्रावण २०७४, शनिबार १८:४४

लण्डन । गैरआवासीय नेपाली संघको अगामी शनिवार देखी जर्मनीको फ्रयाङकफर्डमा हुने क्षेत्रिय बैठकको तयारी पुरा भएको छ ।

एनआरएनए १० औ यूरोपेली बैठकको तयारीको लागि शनिवार सम्पन्न बैठकले बिभिन्न निर्णय गर्दै सो बैठकलाई भव्य रुपमा सम्पन्न गर्न सबै पक्षलाई आग्रह गरेको यूरोप संयोजक कुल आर्चायले जनाए ।

“युरोपमा नेपाली एकता,समृद्ध नेपालको आबश्यकता” भन्ने नाराका साथ हुने बैठक पछि युरोपस्थित गैरआवासीय नेपाली महिला सम्मेलनहरुको समेत सम्मेलनको तयारी भैरहेको छ ।

यूरोप सम्मेलनमा नेपालमा बन्दै गरेको एनआरएन भवन निर्माण सहयोगार्थ केन्द्रित हुने बताएको छ । बैठकले कम्तिमा २ करोड रुपैयाँ सहयोग जुटाउँने लक्ष्य राखेको छ ।

बैठकले कुल आचार्यको संयोजकत्वमा एक आर्थिक संकलन समितिको समेत गठन गरेको छ । समितिकोे सदस्यहरुमा दिल गुरुङ, सन्तोस भट्टराई रहेका छन । आचार्यले एनआरएन भवनको लागि आर्थिक सहयोग जुटाउन यूरोपस्थित नेपाली समूदायलाई आग्रह समेत गरेका छन् ।

बैठकले सपिला राज भण्डारीको संयोजत्वमा होटल व्यवस्थाप समिति बनाएको छ । यूरोपस्थित नेपाली राजदूतहरुको समेत उपस्थिती रहने सो बैठकमा अतिथी सत्कारको जिम्मा रामप्रताप थापालाई जिम्मेवारी दिएको छ ।

संयोजक आचार्यका अनुसार बैठक संचालनको कार्यक्रमतय गर्न महासचिव डा. बद्री केसी र डा. हेमराज शर्मालाई जिम्मेवारी दिइएको छ ।

बैठकमा यूरोपस्थित गैरआवासीय नेपाली संघका २७ देशका प्रतिनिधी लगायत करिब ४ सय जनाको उपस्थित रहेने अपेक्षा गरिएको छ ।

प्रराष्ट्रमन्त्रालयका प्रतिनिधि, नेपाल उद्योग बाणिज्य महासंघ, महिला उद्यमी संघ प्रतिनिधि, पत्रकार महासंघ, आर्थिक पत्रकार समाज (सेजन), यूरोपका बिभिन्न देशमा रहेका कुटनीतिक नियोग तथा दुतावासका प्रतिनिधि, लगाएत यूरोपका बिभिन्न देशमा कार्यरत नेपाली पत्रकारको समेत बाक्लो उपस्थिती रहने वताएको छ।