१४ बैशाख २०८१, शुक्रबार
Follow Us

थसेस जापानद्धारा वार्वेक्यु

नेपालब्रिटेन डट कम्
१८ श्रावण २०७३, मंगलवार १२:४८

टोकियो । गत आईतबारका दिनमा टोक्योको सिन्किवा स्थित तोरिचु युमेनो सिमा कोएन नामक हरियालि मनोरम दृष्यालोवकन संगै समुन्द्रको किनार स्थित पार्कमा करिवन ४०० जनाको बिशाल नेपालीहरुको माझमा बृहत रुपमा धुमधामका साथ वार्वेक्यू (बनभोज) कार्यक्रम सम्पन्न भएको छ । यस वार्वेक्यु कार्यक्रम थकाली सेवा समिति जापानद्धारा प्रत्येक बर्ष आयोजना हुने २५ औं संस्करणको बार्बेक्यू (बनभोज) कार्यक्रम हो ।
केहि दिन अघि मात्र जापान आउनु भएका जापानका लागि नेपाली दुतावासका कार्यवाहक राजदुत कृष्ण चन्द्र अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न उत्त कार्यक्रमको अन्य अतिथिहरुमा दुतावासकै द्धितिय सचिव टोपनारायण गिरि, दुतावास प्रतिनिधि रेवन्त केसी, एनआरएन जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग, वर्तमान अध्यक्ष सुदन थापा, जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पा, तमुधींका अध्यक्ष श्री गुरुङ, किरात राई यायोक्खाका अध्यक्ष रमेश राई, गल्कोट समाजका बरिष्ठ उपाध्यक्ष नर वहादुर थापा, किरात याक्थुङ्ग चुम्लुङका अध्यक्ष देवीबहादुर ईङ्गनाम्, म्याग्दि प्रवासी संघ (मोना) का प्रतिनिधि बिष्णु बानिया, नेपालजापान युथ क्लबका अध्यक्ष लेलिन भट्टचन, वुईफरअलका अध्यक्ष सरोज कुमार खत्री, कास्कि पोखरा समाजका अध्यक्ष शिबप्रसाद पौडेल, बलेवा समाजका अध्यक्ष महेन्द्र पिसी, जापानी नागरिक तथा नेपाली भाषा बिज्ञ नोजु हारुहितो लगायत अन्य जापानका क्रियाशिल संघसंस्थाका प्रतिनिधिहरुको पनि ठुलो उपस्थिति रहेको थियो ।
कार्यक्रमको शुरुमा आयोजकको तर्फबाट बार्बेक्यु कार्यक्रमका संयोजक तथा संस्थाका उपाध्यक्ष अनिल भट्टचनले आगन्तुक सम्पुर्ण महानुभावहरुलाई कार्यक्रमको बारेमा व्रिफिङ्ग गर्नुहुदै कार्यक्रमक पुर्ण ब्यवस्थितका साथ भरिपुर खान पिन र रमाईलो कार्यक्रमको ब्यबस्थापन गरिएकोले बर्षभरिकै जापानको थकाई मेटाई रिफ्रेस हुन आगन्तुक पाहुनाहरुलाई अनुरोध गर्नु भयो ।
त्यस पश्चात प्रमुख अतिथिका रुपमा दुताबासका कार्यबाहक राजदुत अर्यालले शुभकामना मन्तब्य दिनुहुदै, जापान आगमन पश्चात आफ्नो यो पहिलो कार्यक्रममा यसरि जापानका सम्पुर्ण नेपालीलाई एकै ठाउमा भेट्ने अवसर जुटाईदिनु भएकोमा थसेस जापानलाई धन्यबाद दिदै ज्यादै खुशी लागेको बताउनु भयो, दुतावास सधै जापानबासि नेपालीको सर्वाङ्गिन हित र संरक्षणका लागि सधै तत्पर रहेको कुरा अबगत गराउदै प्रत्येक नेपालीहरु देशकै प्रतिनिधित्व गर्ने एकल राजदुत पनि भएकोले राष्ट्रियता प्रति बफादार सहित चनाखो भएर प्रतिनिधित्व गरि सहयोग गर्नुहुन पनि हार्दिक आब्हान गर्नुभयो ।
त्यसैगरि, थकाली सेवा समितिका संरक्षक सरद कुमार गौचनले प्रमुख अतिथि कार्यवाहक राजदुतलाई सफल कार्यकाल र जापानबासि नेपालीहरु सँगको उचित सहकार्य गर्दै जापान नेपाल बिचको मैत्रिपुर्ण सम्बन्धलाई अझै प्रगाढ बनाउदै उत्कृष्ठ स्थानमा पुर्याउनुहुन हार्दिक शुभकामना दिदै स्वागत सम्मान सहित खादार्पर्ण गर्नुभयो । साथै, गौचनले थसेसले जापानमा शुरुआत गरेको वार्वेक्यु कार्यक्रम नै जापानबासी नेपालीहरुको लागि आउटडोर ईभेन्टको रुपमा बिकाश भएको कुरा औल्याउदै जापानबासि आम नेपालीहरुको एउटै चौतारामा थकाई मेटाउने बिसौनिको रुपमा यस वार्वेक्यु (बनभोज) कार्यक्रमले सहजिकरण गरेकोमा खुशी ब्यक्त गर्नु भयो ।
त्यस पश्चात, संस्थाको तर्फबाट अध्यक्ष बुद्धि गौचनले जापानको युवालाई समेटेर नेपाल जापानको हितको कार्य गर्दै आएको संस्था जापाननेपाल युथ क्लबका नबनिर्वाचित अध्यक्ष लेलिन भट्टचन लगायत दर्जनौं प्रायोजकद्धयहरुलाई पनि खादार्पण गरि सम्मान तथा बधाई ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रममा प्रवक्ता दिपक गौचनको कुशल संचालन संगै थसेस जापानका पुर्व अध्यक्षहरु क्रमश: कृष्ण गौचन र ध्रुव भट्टचनले बिगत २५ वर्ष पहिलाका केहि तिता मिठा स्मरणहरु सुनाउनु भएको थियो । अन्तमा अध्यक्ष गौचनले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्ण सहयोगिहरु, उपस्थिति जापानी, भीयटनामी, ब्राजिल तथा नेपाली महानुभावहरुलाई धन्यबाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नु भएको थियो । कार्यक्रमको अन्ततिर बिबिध मनोरञ्जन तर्फ सहभागिहरुले कम्मर मर्काई मर्काई नाच्दै गरेको ठुलो समुहको अर्को रमणिय दृष्य पनि अजिब लोभ लाग्दो थियो ।
स्मरण रहोस, जापानकै एक्लासको मासुको परिकारहरु सहित सलाड, चाउमिन, नेपालको घरकै याद दिलाउने अचार र आईसक्रिम, फलफुलहरु समेत प्रपन्च मिलाईएको यस कार्यक्रम बिहान ११ बजे देखि बेलुकाको चार बजे सम्म कहिले सिमसिमे पानी कहिले प्रचण्ड घामको लुकामारि संगै निरन्तर चिसो बियर, वुईस्कि, जुस, लस्सि, ककटेल,वाईन निहोन्स्यु, उमेस्यु लगायतका पेय पदार्थको कुनै कमि नभएको कार्यक्रममा उपस्थित अधिकांस सहभागिहरुले बताएका थिए ।