४ बैशाख २०८१, मंगलवार
Follow Us

फगामी पनि एनआरएन यूके अध्यक्षको उम्मेदवार

नेपालब्रिटेन डट कम्
८ श्रावण २०७४, आईतवार १९:४९

लन्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको ९ सेप्टेम्वरमा हुने अधिवेसनको लागि वर्तमान उपाध्यक्ष योगकुमार फगामीले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

फगामीले आइतबार दिउँसो अल्डरशटस्थित भेटघाट रेष्टुरेन्टमा म्याग्देली समाज, मगर समाज यूकेका प्रतिनिधीको उपस्थितीमा एक पत्रकार सम्मेलन मार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि गैरआवासीय नेपाली संघ यूकेको विवादमा नेतृत्व हस्तान्तरणको बिषयमा असहमती जनाउदैं महासचिव पद त्यागेर हिडेका फगामी वर्तमान कार्यसमितिका उपाध्यक्ष तथा मगर संघ यूकेको बरिष्ठउपाध्यक्ष छन् ।

ब्रिटिस सेनामा १७ वर्ष सेवा गरेका विगत १५ वर्षदेखि परिवारसहित बस्दै आएका छन । पत्रकार सम्मेलनमा उनले आफ्नी आमाको समेत आर्शिवाद थाप्दै आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।

फगामीले नागरिकताको निरन्तराको अभियान, समृद्ध नेपाल निर्माण गर्ने, पर्यटन तथा लगानी भित्र्याउने लगायतको चुनावी मुद्धा अगाडी सारेका छन् । उनले गैरआवासीय नेपाली संघको नागरिकता बचाउ अभियानका लागि ५० हजार पाउण्डको अक्षयकोष स्थापना गर्ने घोषणा गरे । उनले गोरखामा निर्माणाधिन लाप्रपाक नमूना बस्तीमा र एनआरएन भवनको लागि सहयोग थप्ने प्रतिबद्धता जनाए ।
2
रमेश सराङकोटीले सञ्चालन गरेको कार्यक्रममा शान्ति थापा, नेम थापा, अमर मल्ल, ओमप्रसाद थापा, प्रकाश गुरुङ, राम गलामी, छविमाया पुन, नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष नरेश खपांगी मगरलगायतले शुभकामना दिएका थिए । पत्रकार सम्मेलनमा मोनाका केन्द्रीय अध्यक्ष योगन क्षेत्रीले समेत शुभकामना दिए । गैरआवासीय नेपाली अभियानका मुख्य अभियानकर्ता तथा संस्थापकहरु भने कार्यक्रममा उपस्थित देखिएनन् ।

यसअघि एनआरएन यूकेको आगामी नेतृत्वका लागि कृष्ण तिमल्सेना र हिराधन राईले उम्मेदवारी घोषणा गरिसकेका छन । एनआरएन यूकेको अन्य पदका लागि हरेक दिन नयाँ नयाँ अनुहारले पत्रपत्रिका मार्फत उम्मेद्धवारी घोषणा गर्नेक्रम जारी छ ।
फोटो- शीव भण्डारी

फगामीका प्रतिबद्धताहरु
गैर आवासीय नेपाली संघ बेलायतमा मेरो अध्यक्षता किन ?
एनआरएन — नेपालको विकास र प्रवद्र्धनमा टेवा पु-याउन विश्वका विभिन्न मुलुकहरुमा बसोबास गरिरहेका गैरआवसीय नेपालीहरुको हितको पक्षपोषण गर्दै संगठित रुपले अगाडि बढ्न गैर आवासीय नेपाली संघको स्थापना भएको हो । यो संस्था एक स्वतन्त्र, गैर नाफामुलक, गैर राजनीतिक, गैर सरकारी संस्थाको रुपमा विकास हु“दै आएको छ । गैर आवासीय नेपाली भन्नाले नेपाली मुलको विदेशी नागरिक वा दुई वर्षभन्दा बढी नेपाल सरकारबाट खटिई विदेशस्थित नियोगमा वहाल रहेको र विदेश स्थित शिक्षण संस्थामा अध्ययन गरिरहेका नेपाली नागरिक बाहेक दक्षिण एसियाली सहयोग संगठन अन्तर्गतका बाहेक अन्य देशहरुमा पेशा, रोजगारी वा व्यवसाय गरि बसोबास गर्ने नेपाली नागरिकलाई जनाउ“दछ । यसरी विदेशमा बसोबास गरिरहेका नेपालीहरुलाई संगठित गर्दै विदेशमा नेपाल र नेपालीको शिर उच्च राख्न साथै नेपालको संस्कृतिलाई विश्व सामु चिनाउन गठन भएको गैर आवासीय नेपाली संघ, बेलायत पनि एक संक्रिय रुपमा काम गर्दै आईरहेको सन्दर्भमा यस संस्थाको आगामी कार्यकालको लागि सातौं राष्ट्रिय महाधिवेशन सेप्टेम्बर ९, ०१७ मा हुन गईरहेको छ । म यस संस्थाको दुई पटक साधारण सदस्य, एक पटक महासचिव र वर्तमान कार्यसमितिको उपाध्यक्षको हैसियतबाट आगामी कार्यकालको लागि अध्यक्ष पदको दावेदारी प्रस्तुत गर्न चाहन्छु ।

म — नेपालको पश्चिमांचल क्षेत्रको म्याग्दी जिल्ला, बेगखोला गाविस हाल रघुगंगा गाउ“पालिका अन्तर्गत बेगखोला १ बाट ब्रिटिश सेनामा भर्ती भई १७ वर्ष जागिर गरेपश्चात पेन्सन गई पुनः बेलायतको बेसिङस्टोकमा विगत १५ वर्षदेखि परिवार सहित स्थायी बसोबास गरि बेलायतमा कार्यरत छु । गोर्खाली भनेर विश्व थर्कमान पार्ने नेपालीको सन्तान– म पनि पुर्खाको मार्गदर्शन अनुरुप नै ब्रिटिश सेनामा भर्र्ती भई अनुशासित रही जागिर गर्ने क्रममा समेत नेपाललाई विश्व सामु चिनाउने काम गरेको अवस्था हो । अहिले विदेशको बसाईको क्रममा नेपाललाई चिनाउन अर्थात नेपाली पहिचान विश्व सामु चिनाउन विभिन्न नेपाली संघसंस्थाहरुमा रहेर सामाजिक कार्य समेत गरिरहेको छु । हिजो ब्रिटिश सेनामा कार्यरत रहेर अनुशासित र पुर्खाको बहादुरीलाई ब्रिटिश सामु चिनाउने प्रयास गरियो भने अहिले फरक भुमिकाबाट फेरि पनि विश्व सामु नेपाल चिनाउने चाहनालाई पुरा गर्न एनआरएन युकेमा म संलग्न छु । एनआरएन युकेमा रहेर म विश्व परिवेशमा नेपालीपन, नेपाली मन र नेपाललाई नेपाली कला र संस्कृतिको धनी देशको रुपमा चिनाउन चाहन्छु । म एनआरएन युकेमा रहेर काम गरेको अनुभवकै कारण पुनः अगाडि बढेर एनआरएनको अभियान र सामाजिक कार्य गर्ने चाहनानुरुप तपाईहरु समक्ष उपस्थित भएको छु ।

एनआरएन युके – एनआरएन युकेलाई म विश्व सामु अन्य देशको एनआरएनहरु मध्ये महत्वपुर्ण संस्थाको रुपमा विकास गर्ने अभियानमा लागिरहने छु । र, निर्मँण हुने समितिले प्रयत्न गर्ने छ । संस्था सिस्टममा चल्नु पर्दछ भन्ने कुराको मनन गरि सिस्टममा चलाउन हामी सबै प्रयत्नशिल रहने छौं । साथै मातृभुमि नेपाल र बेलायतमा रहेका नेपाली–नेपाली बीच यो संस्था सामाजिक र सा“स्कृतिक दुतको रुपमा महत्वपुर्ण भुमिका खेल्न सधैं प्रयत्नशील रहने छ । नेपालीपन, नेपाली मन र नेपाली कला, संस्कृति विदेशमा सम्वद्र्धन, प्रवद्र्धन गरि हामी नेपालीहरुको शान विश्वमा चिनाउन हाम्रो समिति लागिरहने छ ।

मेरो संलग्नतामा भएका केही महत्वपुर्ण सामाजिक कार्य
— म एनआरएन युकेको महासचिव रहंदा मेरो संयोजकमा एक एनसीसी एक प्रोजेक्ट अनुसार एनआरएन युकेको पहलमा म्याग्दीको गलेश्वरमा झण्डै १ करोडको लागतमा १६ कोठे पक्की वृद्धाश्रम भवन निर्माण गरि तत्कालिन उपप्रधानमन्त्री श्री प्रकाशमान सिंह श्रेष्ठ साथै एनआरएन अध्यक्ष श्री शेष घले तत्कालिन एनआरएन युके अध्यक्ष श्री योगेन्द्र क्षेत्री लगायत अन्य एनआरएनका अभियन्ताहरु सहित उक्त वृद्धाश्रम भवन भव्य उद्घाटन कार्यक्रम गरि गलेश्वरधाम शिव मन्दीर समितिलाई हस्तान्तरण सम्पन्न ।
— बेलायतबासी नेपालीहरुलाई सहज हुने गरि बेलायतबासी सम्पुर्ण नेपालीहरुको साझा सम्पत्ति नेपाल हाउस परियोजनाको संयोजकको हैसियतले उक्त कार्यक्रम एनआरएन युके अध्यक्ष श्री मुछेत्र गुरुङको अध्यक्ष्ँतामा दुई पटक च्यारिटी कार्यक्रम गरि आर्थिक संकलन कार्यक्रम सम्पन्न भईसकेको छ भने थप रकम संकलन कार्य जारी रहेको कुरा जानकारी गराउन चाहन्छु ।
— मेरो संलग्नतामा मोना, युके मार्फत नेपाल रेडक्रस सोसाईटी म्याग्दीलाई म्याग्दीको तीन क्षेत्रमा बसोबास गर्ने म्याग्देलीहरुको सुविधा अनुरुप तीन वटा एम्बुलेन्स हस्तान्तरण कार्यक्रम सम्पन्न गरेपश्चात सोही एम्बुलेन्स संचालनार्थ १० लाख ८० हजारको अक्षयकोष खडा गरि नेपाल रेडक्रस सोसाईटी म्याग्दीलाई हस्तान्तरण भइसकेको छ ।
— हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने भन्ने मुल नाराको साथ तत्कालिन बेगखोला गाविसको बेग गाउ“ र भी.सी. तुलबहादुर पुन जन्मनु भएको गाउ“ बा“दुक पुग्नको लागि १ करोड पच्चीस लाख संकलन गरि दुई गाउ“मा दुई वटा मोटर बाटो पु¥याउन सफल भएका छौंं ।
— शिक्षा नै ज्ञानको ज्योति हो । यसर्थ बेग गाउ“मा अवस्थित श्री महादेव मा.वि.मा कम्प्युटर शिक्षक र साईन्स शिक्षकको लागि गाउ“लेहरुबाटै खर्च संकलन गर्नु पर्ने समस्यालाई हटाउन बेगखोला कल्याणकारी समाज उपशाखा युके मार्फत तीस लाखको अक्षयकोष संकलन अभियान थालनी गरि गाउ“मा रकम हस्तान्तरण सम्पन्न भईसकेको छ ।
— गत वर्ष बेगखोलामा आएको बाढीको कारण एक्काईस घर क्षति र एक जनाको ज्यान गएको अवस्थालाई मध्यनजर गरि बाढीपीडितलाई सहयोग गर्न बेलायत, हङकङ लगायत अन्य देशहरुमा आर्थिक संकलन अभियान गरि रकम संकलन भई हस्तान्तरण ।
— बेग र बा“दुक जोड्ने झोलुङे पुल जो नेपालको सबैभन्दा लामो र सबैभन्दा अग्लो झोलुङे पुल बन्ने निश्चित छ । उक्त पुल निर्माणको लागि बेगखोला कल्याणकारी समाज उपशाखा युकेको अध्यक्षको हैसियतले गाउ“, जिल्ला तथा केन्द्रस“ग सहकार्य गरि कार्य थालनी भईरहेको छ । सो पुल निर्माण भएपश्चात देश तथा गाउ“मा स्वदेश तथा विदेशका पर्यटकहरु पुग्ने सम्भावना अनुरुप गाउ“मा व्यवस्थापन तथा कार्य भईरहेको छ । र, सम्भव भएसम्म नया“ वर्ष ०७५ को बैशाख १ गते नै पुल उद्घाटन गर्ने सोचाई अनुरुप कार्य भईरहेको जानकारी गराउ“दछु ।
— बेगखोला १, बेगमा अवस्थित श्री महादेव मा.वि. को भवन पुनरनिर्मँण गर्न आवश्यकता महसुस गरि बेगखोला कल्याणकारी समाज युके मार्फत विभिन्न देशमा आर्थिक संकलन कार्य भईरहेको छ ।


मेरो प्रतिवद्धता

— एनआरएनको अग्रज तथा अभियन्ताहरुको अभियान र मुद्दाहरु नागरिकता निरन्तरताको अभियान, समृद्धि नेपाल बनाउने, पर्यटन तथा लगानी भित्रउने र मातृभुमिको लागि आपतकालिन रातमा सदा तत्पर रहने÷ बनाउने हाम्रो कार्य समितिको पहल रहने छ ।
— अन्तराष्ट्रिय समन्वय परिषदको परियोजनामा बन्दै गरेको गोर्खा जिल्लाको लारपार्क गाउ“मा नमुना बस्तीको लागि आवश्यक सहयोगको लागि पहल गर्ने ।
— अन्तराष्ट्रिय समन्वय परिषदको परियोजनामा बन्दै गरेको गैर आवासीय नेपालीहरुको साझा सम्पत्ति काठमाडौंमा एनआरएन भवन तथा शंखमुल पार्क बनाउनमा आवश्यक आर्थिक, नैतिक अनि भौतिक पुर्वाधार निर्मँणमा पहल गरिहेका छौं र थप पहल गर्ने छौं ।
— एनआरएन युकेलाई बेलायतमा संगठित सबै संस्थाहरुलाई परिचालन गरि सबै संस्थाहरुको साझा संस्था बनाउने हाम्रो कार्य समितिको प्रयत्न रहने छ ।
— बेलायतमा बसोबास गर्ने युवाहरु एनआरएनमा कम सहभागिता भएको हुंदा युवाहरुको संगठन विस्तार गर्ने र आवश्यक जिम्मेवारी सहित भुमिका दिन यस समितिले पहल गर्ने छ ।
— एनआरएन युकेको विधान ००५ परिमार्जित ०१५ को विधान, परिच्छेद ९ को उपधारा द्द१ अनुरुप थप सदस्य बिस्तार गर्नको लागि क्षेत्रीय समन्वय परिषद गठन सहित परिचालन हुने गरि क्षेत्रीय समन्वय परिषदको विस्तार हाम्रो कार्य समितिले गर्ने छ ।
— सदस्य बिस्तारको लागि सहजीकरण उपायहरु अपनाएर कम्तीमा पनि दश हजार पंजीकृत सदस्य बनाउन हाम्रो कार्य समितिले पहल गर्ने छ ।
— एनआरएन युकेको विधान ००५ परिमार्जित ०१५ को विधान, परिच्छेद ९ को उपधारा द्द१ अनुरुप थप सदस्य बिस्तार गर्नको लागि क्षेत्रीय समन्वय परिषद गठन भएपश्चात सो क्षेत्रलाई अधिकार स्वरुप — समयसापेक्ष अनलाईन सदस्य तथा एनआरएन युकेको प्रत्यक्ष भोटिङ समेत उक्त ठाउ“हरुमा गर्न यस समितिले पहल गर्ने छ ।
— क्षेत्रीय समन्वय परिषद गठन भएपश्चात बेलायतमा रहेका भु.पु. गोर्खँका अग्रज तथा वृद्धहरुको दैनिक जीवनमा आई पर्ने समस्याहरुलाई समाधान गर्न सम्बन्धीत गठन भएको समन्वय परिषद, सो क्षेत्रमा संगठित भु.पु. गोर्खाका संस्थाहरु तथा नेपाली समाजहरुसंग सहकार्य गरि कम्तीमा पनि महिनामा एक दिन सल्लाह, सुझाव र सहयोग गर्न पहल हाम्रो कार्य समितिको रहने छ ।
— म आफै नेपाल हाउसको संयोजकको हैसियतले बेलायतबासी भावी नवपुस्ता तथा बेलायतबासी नेपालीहरुलाई सहज हुने गरि सम्पुर्ण नेपालीहरुको साझा सम्पत्तिको घरोहर नेपाल हाउसको लागि क्षेत्रीय समितिहरु गठन गरि आर्थिक, नैतिक र भौतिक सहयोग संकलन गर्न तिव्र रुपमा हाम्रो समिति लाग्ने छ ।
— नेपालीको लागि नेपालीले ९ँयच ल्भउबष् िदथ ल्भउबष्०ि भन्ने मुल नाराका साथ आपतकालिन अक्षयकोष घ् ५०,००० संकलन कार्य यस समितिले गर्ने छ ।
— बेलायतमा बसोबास गर्ने नेपालीहरुको भैपरि आउने हरेक प्रकारको दुःखमा सहयोग गर्नको लागि नेपाल सरकारको प्रतिनिधि नेपाली दुतावास लण्डनसंग सहकार्य गर्दै सम्बन्धीत व्यक्तिलाई सहायता गर्न हाम्रो समिति प्रयत्नशील रहने छ ।

भावी कार्यक्रम
हामीले नगरे, कसले गर्ने र अहिले तपाई र हामीले नगरे कहिले गर्ने ?

— ०१७ सेप्टेम्बर ९ सातौ राष्ट्रिय महाधिवेशन
— ०१७ सेप्टेम्बर द्दघ मा नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको परिचयात्मक कार्यक्रम ।
— ०१७ अक्टोबर १४ – १८, आठौं अन्तराष्ट्रिय समन्व्य परिषदको अधिवेशन काठमाडौंमा संस्थागत सहभागिता जनाईने छ ।
— ०१७ नोभेम्बर १८ मा कार्य समितिको संघ÷संस्था सहित दोश्रो बैठक ।
— ०१८ फेबु्रवरी घ वेल्स, स्कटल्याण्ड र नदरआयरल्याण्डमा क्षेत्रीय समन्वय परिषद गठन गर्ने कार्यक्रमको शुरुवात ।
— ०१८ मार्च घ मा नारी दिवसको उपलक्ष्यमा कार्यक्रम ।
— ०१८ अप्रिल ७ तारिख कार्य समिति र क्षेत्रीय समन्वय परिषद सहित तेश्रो बैठक ।
— ०१८ सेप्टेम्बर १ तारिख वार्षिक साधारण सभा÷काउन्सिल बैठक ।

हार्दिक अपिल

धनलाई होइन, सक्षम व्यक्तिलाई छनोट गरौं । हाम्रो होइन, राम्रोलाई चुनौं । म होइन हामी र मेरो होइन हाम्रो नारा सहित हाम्रो समाज परिवर्तन गरौं ।

एनआरएन धनी व्यक्तिहरुको मात्र संस्था होइन । यो पेशागत रुपमा कार्यरत म जस्तो सर्वसाधारण व्यक्तिको पनि संस्था हो भनेर चिनाउन म अझ कार्यरत रहने छु । म भाषणलाई भन्दा व्यवहारमा काम गरेर देखाउने छु । एनआरएन युकेलाई क्षेत्रीय तथा सर्वसाधारण युकेबासीको समेत संस्था हो भनेर चिनाउन म प्रयत्नशील रहने प्रतिबद्ध छु । विभिन्न संस्थामा रहेर सामाजिक काम गरेको अनुभव, एनआरएन युकेमा साधारण सदस्य, महासचिव र उपाध्यक्ष समेत रहेर काम गरेको अनुभवकै कारण एनआरएन अभियानमा अझ प्रतिवद्ध रहने चाहना अनुरुप उम्मेदवारी दिएको छु । यसले काम गर्न सक्छ भन्ने लाग्दछ भने एक पटक मलाई फेरि जिम्मेवार सुम्पिदिनुहोस्– म जिम्मेवार पुरा गर्न तयार रहने छु । र, अनुभवको आधारमा मलाई लाग्दछ म सक्षम पनि छु । धन्यवाद ।

मेरो संस्थागत संलग्नता
म्याग्दी प्रवासी नेपाली संघ — संस्थापक खेलकुद सचिव, महासचिव, अध्यक्ष हाल संरक्षक
बेसिङस्टोक नेपाली समाज — संस्थापक सहसचिव हाल उपाध्यक्ष
इन्टेक ८५ — संस्थापक सचिव, उपाध्यक्ष, वर्तमान अध्यक्ष
मगर संघ, युके — खेलकुद सचिव, महासचिव हाल वरिष्ठ उपाध्यक्ष
एनआरएन युके — दुई कार्यकाल साधारण सदस्य, महासचिव हाल उपाध्यक्ष
बेगखोला कल्याणकारी समाज – संस्थापक सचिव हाल अध्यक्ष
पुन समाज युके – आजीवन सदस्य
पुन मगर समाज, युके – आजीवन सदस्य