१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएन हङकङको अध्यक्षमा टीका गुरुङ निर्विरोध

नेपालब्रिटेन डट कम्
८ श्रावण २०७४, आईतवार २०:०९

हङकङ । गैर आवसीय नेपाली संघ (एनआरएन) एनआरएनए हङकङले आज नयाँ अध्यक्ष पाएको छ । आइतवार भएको अधिबेशनले आगामी २०१७–२०१९० २ बर्षका लागि नयाँ नेतृत्व पाएको हो । अध्यक्षमा टिका गुरुङ निर्विरोध निर्वाचि भएकी हुन । नयाँ कार्यसमितिका लागि अध्यक्ष लगायत अधिकांश पदमा निर्विरोध पदाधिकारी तथा सदस्य निर्वाचित भएका छन ।

छैठौँ अधिवेशन चलिरहँदा अन्तिम समयमा अध्यक्ष पदका प्रत्याशी कोमल गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि अध्यक्ष पदमा टीका (राधिका) गुरुङ निर्विरोध निर्वाचित भएकी छिन्।

एक अध्यक्ष, २ जना उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, युवा संयोजक, महिला संयोजक र ९ जना सदस्य गरी १८ जना चुनिने नयाँ कार्यसमितिका लागि दुई पदमा बाहेक अरु सबै पदहरुमा निर्विरोध भएको जनाएको छ। महासचिव र महिला संयोजक पदका लागि मात्र निर्वाचन भइरहेको छ।