१३ बैशाख २०८१, बिहीबार
Follow Us

मलेसियामा एक नेपालीको मृत्यु

नेपालब्रिटेन डट कम्
९ श्रावण २०७४, सोमबार ०५:१३

राजविराज । वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया गएका सप्तरीका एक नेपाली युवाको आइतबार मृत्यु भएको छ । मृत्यु हुनेमा साबिक सिस्वा बेल्ही गाउँ–६ घर भएका ३१ वर्षीय युवा रामेश्वर साह हलुवाई रहेको पारिवारजनले जनाएको छ । मलेसियास्थित मुलटी नामक कम्पनीमा कार्यरत रामेश्वर खाना खाएर काम गर्न गएका बेला उनलाई छाती दुख्न थालेपछि केनाङ्ग–३ को देसाचेमेर्लाङ्ग क्लिनिकमा उपचारका लागि भर्ना गरे पनि उनको मृत्यु भएको बताइएको छ । ३ वर्षअगाडि उनी रोजगारीको सिलसिलामा मलेसिया गएका थिए ।
एकदमै गरिब परिवारमा जन्मिनुभएका रामेश्वरका बुबा, आमा, तीन छोरी र पाँच महिनाकी गर्भवती पत्नी छन् । मलेसियामा मृत्यु भएका आफ्ना छोराको शव नेपाल ल्याई दिनका लागि सम्बन्धित निकाय र नेपाल सरकारलाई परिवार जनले आग्रह गरेका छन् ।

बुबासँग अपहरणको नाटक गरी फिरौती माग्ने तीन पक्राउ
आफ्नै बुबासँग अपहरणको नाटक गरी फिरौती माग गर्ने छोरासहित तीन जनालाई आइतबार प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
राजविराजस्थित जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकारसम्मेलनमा भारतको सुपौल जिल्लाको डगमारा ग्राम पञ्चायत–८ कुनौलीका गोसाइ मण्डलको २२ वर्षीय छोरा देवचन्द्रकुमार मण्डलले अपहरणको नाटक गरी नेपालतर्फ आई सप्तरी आएर आफ्नै बुबासँग फिरौतीको माग गर्न लगाएकाले सहयोगीसहित उनलाई पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले बताउनुभयो । उनीहरुमाथि केही सार्वजनिक अपराध मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य थालिएको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो ।