१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए स्पेनको अध्यक्षमा चिन्तामणी सापकोटा बिजयी

नेपालब्रिटेन डट कम्
९ श्रावण २०७४, सोमबार ०७:३२

बार्सिलोना। गैरआबासीय नेपाली संघ (एनआरएनए) स्पेनको अध्यक्षमा चिन्तामणी सापकोटा बिजयी भएका छन्।
आइतवार सम्पन्न निर्वाचनमा सापकोटाले ५ सय १८ मत प्राप्त गरे भने अर्का प्रत्यासी गौतम गुरुङले ४ सय ७१ मत ल्याए ।

नेतृत्व चयनका लागि शनिबार पाईसभास्को बिल्बाउ र म्याड्रिडमा तथा आईतबार बार्सिलोना क्षेत्रमामा निर्बाचन सम्पन्न भएको थियो।

नव निर्बाचित अध्यक्ष सापकोटा संघका संस्थापक सदस्य तथा नेपाली जनसम्पर्क समिति स्पेनका संस्थापक अध्यक्ष समेत हुन्। करिव दुई दशक लामो स्पेन बसाईको क्रममा उनि सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्।

यस्तै उपाध्यक्षमा सुनिल रानाभाटले सर्बाधिक ५ सय ४३ मत तथा पेशल कुमार कोईरालाले ४ सय ५५ मत ल्याई बिजयी भएका छन्। उपाध्यक्षका अर्का दुई प्रत्यासी दिलनाथ भण्डारीले ३ सय १२ मत तथा रोशन पाठकले २ सय ७० मत प्राप्त गरे।

सचिवमा दिनेश कुमार गिरीले ५ सय ४२ मत र लोकबन्धु बस्नेतले ४ सय ९० मत ल्याई बिजयी बने। सचिवका अर्का प्रत्यासी तारानाथ अधिकारीले भने ३ सय ६६ मत प्राप्त गरेका छन्।

तिन पदका लागि चुनाव भए पनि अन्य पदहरुमा भने यस अघि निर्बिरोध बनेका थिए। महिला उपाध्यक्षमा सीता सिंह महर्जन,महासचिवमा कृष्ण प्रसाद भुसाल,कोषाध्यक्षमा बिशाल ढुंगाना, युवा संयोजक रामचन्द्र पौडेल र महिला संयोजकमा ऋतु ढुंगाना रेग्मी निर्बिरोध बनेका हुन्।

यस्तै कार्यसमितिको सदस्यहरुमा प्रकाश तिमिल्सिना,सन्तोष पौडेल,किरण चालिसे (प्रकाश),ज्ञान बहादुर बस्नेत,नेहा शर्मा कडेल,उमेश पुरी,सानु राउत,हिरालाल सापकोटा (डायमण्ड),सरोज कंडेल,टिकाराम कंडेल (शास्त्री) र पशुपति कडेल निर्बिरोध चयन भएका हुन्।