७ बैशाख २०८१, शुक्रबार
Follow Us

जीप दुर्घटनामा ४ को मृत्यु, ६ गम्भीर घाइते

नेपालब्रिटेन डट कम्
९ श्रावण २०७४, सोमबार ०८:१३

बाग्लुङ । बाग्लुङ्गको ग्वालीचौरमा जीप दुर्घटना हुँदा ४ जनाको घट्ना स्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन । ध १ ज १८४ नम्बरको जीप बडिगाड गाँउपालीका वडा नम्बर ५ ग्वालीचौर वादिपमा दुर्घटना भएको हो ।
जलजलाबाट यात्रुहरु बोकेर आएको जीप बादिपमा करिब ७ सय मिटर तल खसेको प्रहरीले जनाएका छन् । जीपमा जीप मालिक सहित ११ जना सवार रहेका थिए । चालकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाइ घट्नास्थलमै प्राथमिक उपचार भइरहको र अन्य ठाँउमा लैजाने तैयारी भइरहेको खार प्रहरी चौकीले जनाएको छ । जीप ओरालोमा अड्याउनको लागि ओट लगाउने क्रममा दुर्घटना भएको बताइएको छ । जीप टुक्रा टुक्रा भएको प्रहरीले जनाएको छ ।