१५ चैत्र २०८०, बिहीबार
Follow Us

कांग्रेस केन्द्रीय समिति बैठक आज सकिने

नेपालब्रिटेन डट कम्
९ श्रावण २०७४, सोमबार १०:२५

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बसेको छ । स्थानीय तह निर्वाचनको तयारी, सरकारको कामको समिक्षा लगायतका विषयमा छलफल गर्न तीन दिनदेखि कांग्रेस केन्द्रिय समितिको बैठक जारी छ ।
शनिवारदेखि शुरु भएको बैठकमा केही केन्द्रिय सदस्य, पदाधिकारीले बोलेपछि सभापतिले बोलेर बैठक सक्ने तयारी छ । शनिबार र आइतबार गरी ४१ सदस्यले बैठकमा धारणा राखिसकेका छन् ।
जारी केन्द्रिय समिति बैठकमा अधिकांश केन्द्रिय सदस्यले सरकारमा पार्टीको भूमिका राम्रो हुन नसकेको, सरकार विस्तारमा ढिलाई भएको भन्दै असन्तुष्टि जनाएका छन् । साथै उम्मेदबारी चयन र पार्टीका गलत निर्णयका कारण पार्टी पहिलो स्थानवाट दोस्रोमा झरेको भन्दै नेतृत्वको आलोचना समेत कांग्रेस केन्द्रिय सदस्यहरुले गरेका छन् ।