१५ बैशाख २०८१, शनिबार
Follow Us

उपमहानिर्देशक घुस लिएको अभियोगमा पक्राउ

नेपालब्रिटेन डट कम्
९ श्रावण २०७४, सोमबार १४:४८

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक डा रमेशविक्रम सिंहलाई रु १० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । ‘एक कर्मचारीसँग घुस लिँदालिँदै’ आयोगको टोलीले आज विभाग परिसरबाटै उनलाई पक्राउ गरेको आयोग प्रवक्ता जीवराज कोइरालाले जानकारी दिनुभयो । “आयोगको टोलीले उपमहानिर्देशक सिंहलाई पक्राउ गरेको छ, थप अनुसन्धान भइरहेको छ”, कोइरालाले भन्नुभयो ।