७ बैशाख २०८१, शुक्रबार
Follow Us

लिभरपूल नेपाली समाजको अध्यक्षमा डा. शम्भु आचार्य

नेपालब्रिटेन डट कम्
९ श्रावण २०७४, सोमबार १६:०३

शिवराज पन्त । लिभरपूल । वेलायतस्थित लिभरपुल नेपाली समाजको अध्यक्षमा डा. शम्भु आचार्य चयन भएका छन् ।
आइतवार सम्पन्न समाजको दोस्रो अधिवेसनले डा. आचार्यलाई सर्वसम्मत रुपमा अध्यक्षमा गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा नवराज अधिकारी, सचिवमा इन्दुका घिमिरे, सहसचिवमा गोपाल अधिकारी र कोषाध्यक्षमा धन गुरुङ निर्बिरोध चुनेको छ । यस्तै समाजको कार्यसमिति सदस्यहरुमा देउमान ईजम, देवी गुरुङ, मंजु गुरुङ, परशुराम शर्मा, सपना बस्नेत र शिवराज पन्त निर्विरोध भए ।

अधिवेशनले सल्लाहाकारमा डा. हेम राज शर्मा, डा. जमुना आचार्य, प्रो. पदम सिखडा, ई प्रविण घिमिरे र डा.योग उपाध्याय रहेको सल्लाहाकार मण्डल गठन गरेको छ।
वेलायतको रमणीय स्थल वेल्समा सामाजिक भ्रमणसंगै भएको सभामा संस्थाको प्रगति विवरण र आर्थिक विवरण प्रस्तुत भएका थिए ।

समाजले नेपालको भुकम्प पिडितको लागि लिभरपूल युनाईट्स फे नेपालसँगको सहकार्यमा २० हजार पाउण्ड रकम संकलन गरी हेल्प नेपाल नेटवर्कलाई हस्तान्तरण गरेको थियो । यसअघि समाजले नेपालको बिभिन्न परोपरकारी काम समेत गर्दै आएको छ ।

सिन्धुपाल्चोक जिल्लाको ठिकर्पमा नयाँ विधालय भवन बनाउन उक्त रकम खर्च गरिने छ।
विल्सन रोगबाट पिडित र दिक्षा चापागाईको परोपकारी सँस्थालाई आर्थिक सहयोग, हेल्थ एक्चेञ्ज नेपालको च्यारिटी डिनरको आतिथ्य तथा बालबालीका लागि नेपाली कक्षा सञ्चालन आदि बारेको विवरण प्रस्तुत गरिएको थियो।

प्रगति विवरण प्रति सदस्यहरुले प्रसन्नता प्रकट गर्दै निवर्तमान अध्यक्ष कुमार घर्ति तथा कार्यसमितिलाई बधाई तथा धन्यवाद व्यक्त गरे।

निवर्तमान अध्यक्ष घर्र्तीले आफु नयाँ कार्यसमितिसंग नजिक रहेर समाजको हितका लागि सहयोग गरिरहने बताउंदै नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिए ।