१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सहारा यूके परिवारको ३ दिने फेम्ली क्याम्पेनिङ सम्पन्न

नेपालब्रिटेन डट कम्
१० श्रावण २०७४, मंगलवार ०८:५७

लण्डन । सहारा युकेले ३ दिने फेम्ली क्याम्पेनिङ सम्पन्न ग¥यो । गत जुलाई २१ देखि २३ सम्म बाथ, चिपिङहामको क्याम्प साइटमा करिब १४ परिवारका ४१ सदस्यको सहभागीमा क्याम्प सम्पन्न गरेको हो । क्याम्पका लागि विशेष अतिथिका रुपमा नेपालबाट आएका अशोक पालिखे थिए ।
पहिलो दिन सहारा युकेका सदस्य मुना गुरुङले बनाएको सेलरोटी तथा अन्य परिकार थियो । साँझ सहारा युकेका संस्थापक अध्यक्ष्य नवीन गुरुङले खानाको प्रवन्ध गरेका थिए । यसै अवसरमा नेपालबाट आएका पालिखे जोडीलाई सहारा युकेका अध्यक्ष मीन गुरुङ (साइला) ले खाद लगाइ स्वागत गरेको थियो ।
दोस्रो दिन सहभागी सदस्यहरुले फुटबल खेलेका थिए भने दिदी बहिनी र बालबालिकाले ब्यडमेन्टन । बाथको ऐतिहासिक स्थानको को पनि अवलोकन गरिएको थियो । २२ जुलाईमा संस्थाका सल्लहाकार चन्द्रमान गुरुङ जन्म दिन परेको थियो । उनलाई अध्यक्ष गुरुङले खाद लगाइदिएर शुभकामना दिए । साँझ बिबिक्युको साथमा नाचगान गरी मनाइएको थियो ।
तेस्रो दिन बिहाना ब्रेकफास्ट सकेपछि दिदी बहिनीहरु जंगलको यात्रामा निस्केको थिए । जसमा उनीहरु मृर्ग, बन कुखुराको साथै अन्य बन्यजन्तु हेरेर फर्किएका थिए । उक्त ३ दिन २ रातको क्यामपिङमा सम्पूर्ण सहभागीले रमाइलो मानेको सहभागी शारदा गुरुङले बताइन् ।
यस्तो क्याम्पेनिङ वर्षमा एकपटक गर्नुपर्ने सहभागी सबैको राय थियो । विशेष गरी दाजुभाइ मात्र नभएर दिदीबहिनीहरुमा पनि एक आपसमा परिचय साथै मित्रत बढने भनाइ शारदाको थियो ।
20292542_10154701932098639_1268030544_n