६ चैत्र २०८०, मंगलवार
Follow Us

डाटफोर्ड नेपाली समाजको अध्यक्ष दीपक थापा निर्वाचित

नेपालब्रिटेन डट कम्
१० श्रावण २०७४, मंगलवार ०९:४८

लण्डन । डाटफोर्ड नेपाली कम्युनीटीको अध्यक्षमा दीपक थापा चुनिएका छन् । थापालाई आइतवास सम्पन्न साधारणसभाले अध्यक्षमा निर्विरोध चयन गरेको हो।

समितिको अन्य पदाधिकारीमा उपाध्यक्षमा गजेन कटुवाल, गीता गुरूङ, महासचिवमा बेद भट्टराई, सचिवमा भरतराज लामीछाने, कोषाध्यक्षमा श्रीमती दीपा कोईराला कोषाध्यक्ष र सदस्यहरुमा रमेश गुरूङ, सरीता ढकाल,गोरख कार्की,सुनीता गौतम, रोसु पराजुली, उमामन्ता गुरूङग, धन छेत्री,आसा फेराली र नरेन्द्र भण्डारी चयन भए।

समाजको गतिबिधी माथि संस्थाका निर्वमान अध्यक्ष राजेश पाठकले प्रकाश पारेका थिए । सभाले आर्थिक तथा वार्षिक प्रतिवेदन समेत पास गरेको छ ।
डाटफोर्ड क्षेत्रमा करिब २ सय नेपाली वासोबास गर्दै आएका छन् ।