१४ बैशाख २०८१, शुक्रबार
Follow Us

संविधान संशोधन नभई चुनावमा जाँदैनौं : ठाकुर

नेपालब्रिटेन डट कम्
१० श्रावण २०७४, मंगलवार १०:५२

भक्तपुर । राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन नभई आगामी असोज २ गते हुने तेस्रो चरणको निर्वाचनमा राजपा सहभागी नहुने बताउनुभएको छ ।
रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले संविधान संशोधन आफूहरुको प्रमुख कार्यसूची भएकाले त्यसको पूर्णताविना यही अबस्थामा निर्वाचनमा सहभागी हुँदैनौँ भन्नुभयो । ठाकुरले भन्नुभयो, “सरकारले जहिले पनि स्पष्ट व्यवहार देखाउन सकेन, सरकारले आफूले गरेको वाचा पूरा नगर्दा समस्या सुल्झिनुभन्दा झनै बल्झँदै गयो ।” तराई आन्दोलनमा घाइतेको उपचार र कारागारमा भएकाहरुलाई तत्काल रिहा गर्नुपर्ने तर्फ सरकारले ध्यान नदिएको आरोप उहाँले लगाउनुभयो ।