७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन क्षेत्रिय बैठकको खानामा पोलेको भाले!

नेपालब्रिटेन डट कम्
१० श्रावण २०७४, मंगलवार १२:१७

लण्डन । गैरआवासीय नेपाली संघको शनिवारबाट जर्मनीको फ्रयाङफर्डमा हुने यूरोप क्षेत्रिय बैठकमा सहभागीहरुको लागि स्वादिष्ट खानाको व्यवस्था गरिएकाे छ । एनआरएन जर्मनीका अध्यक्ष नवराज रोसियाराका अनुसार खानाको व्यवस्थापनको जिम्मा नमस्ते रेष्टुरेन्टले लिएको छ ।

रेष्टुरेन्ट व्यवस्थापन र संघ बीच भएको सम्झौता अनुरुप राजहंस छोइला, खसिको मासु, गुन्द्रुक साँधेको, पोलेको भाले, नेपाली अचार, गुलियो मिठाई, विर्यानी लगायतको खानाको व्यवस्था गरिएको छ ।


यस्तो छ खानाको मेनु

२८ तारिक, शनिवार डिनर
प्रारम्भिक भोजन:
– राजहंस छोयला,
– सलाद,
– भेजीरोल,
– नेपाली अचार,
– साथमा सहायक ट्वाक्क-टुक्क
मुख्य भोजन
-खसीको मासु, (सर्प्राइज)
-गेडागुडीको झोल,
– मिसमास तरकारी,
– टमाटरको चट्नी,
-सादा भुजा र
– सादा पुलाव
– गुलियो मिठो
– सिखर्नी र फलफुल
पिउने पदार्थ
– पानी
– जुस (ओरान्ज, एप्पल)

२९ तारिख आइतवार लन्च
-भेजिटेबल बिर्यानी
-राइता र सलाद
पिउने पदार्थ
– पानी
– जुस (ओरान्ज, एप्पल)

२९ तारिख साँझ डिनर
प्रारम्भिक भोजन
– गुन्द्रुक साँधेको,
– भुटेको चना,
– नेपाली सलाद,
– नेपाली अचार,
– साथमा सहायक अमिलो पिरो
मुख्य भोजन
– खसीको मासु र पोलेको भाले,
– आलू र काउलीको तरकारी,
– पिंडालु मिसाएको कालो दाल,
– मुला र टमाटरको अचार,
– सादा भुजा
– जीरा भुजा
– ब्राउन पाउरोटी,
– (स्थलगत निरिक्षण पश्चात उचित निर्णय गरिने)
गुलियो मिठोस्
– म्याङ्गो क्रिम
– फलफुल
पिउने पदार्थस्
– पानी
– जुस (ओरान्ज, एप्पल)

३० तारिख, आइतवार लन्च
– भेजिटेबल करी,
– सलाद
– खीर
(साथमा भुजाको सट्टामा अरु केहि राख्ने प्रयास रहने छ)
पिउने पदार्थ
– पानी
– जुस (ओरान्ज, एप्पल)