१६ चैत्र २०८०, शुक्रबार
Follow Us

शेष घलेलाई अनुशासन समितिमा उभ्याउन माग

नेपालब्रिटेन डट कम्
१० श्रावण २०७४, मंगलवार १८:१४

लन्डन— गैरआवासीय नेपाली संघ अमेरिकाको विवाद फैलिँदै केन्द्रसम्मै पुगेको छ। अमेरिकाको विवादमा अध्यक्ष शेष घले नै तानिएका छन्। संस्थाको विधानविपरित केन्द्रीय अध्यक्ष घलेले अमेरिकाको निर्वाचनमा ठाडो हस्तक्षेप गरेको भन्दै महासचिव डा.बद्री केसीले अनुशासन समितिमिा छलफलका लागि प्रस्ताव गरेका हुन्।

गौरी जोशीले अमेरिकाको राष्ट्रिय समन्वय परिषदको कार्यकारी सदस्यको हैसियतमा २००७—२००९ को कार्यसमितिमा रहेर काम गरेको व्यहोराको पत्र रेकर्डअनुसार डा।केसीले उपलब्ध गराइदिएका थिए। अमेरिकाको निर्वाचन समितिले जोशीको नाम उम्मेदवार सूचिमा प्रकाशित गर्न अस्वीकार गर्दै योग्यता विवरण खोजेपछि जोशीले आफूले काम गरेको रेकर्ड उपलब्ध गराइदिन पत्राचार गरेको जवाफमा दिँदै महासचिव डा.केसीले उनको रेकर्ड उल्लेख गरी पत्र पठाएका थिए।

महासचिवले पठाएको सो पत्रको वैधानिकतामाथि प्रश्न उठाउँदै अध्यक्ष घलेले अर्को पत्र पठाएपछि एनआरएन अमेरिकाको विवादको भुँमरीमा केन्द्रीय पदाधिकारी परेका हुन्। रेकर्ड सार्वजनिक गर्नेजस्तो गम्भीर विषयमा छलफल नगरिएको भन्दै अध्यक्ष घलेले पत्रको वैधानिकतामाथि प्रश्न उठाउँदै अर्को पत्र लेखेका थिए।

संघको अभिलेख राख्ने अधिकार एनआरएन विधानको दफा २२।३।२ ले महासचिवलाई दिएको छ। डा।केसीले आफूले विधानले दिएको सो अधिकार उपयोग गर्दै जोशीका रेकर्ड उपलब्ध गराइदिएको उल्लेख गरेका छन्।

गौरीराज जोशीले २००७(२००९ को कार्यकालमा राष्ट्रिय समन्वय परिषदको कार्यकारी सदस्यको हैसियतले काम गरेको प्रमाण तत्कालिन राष्ट्रिय समन्वय परिषदका अध्यक्षले सचिवलयमा पेश गर्नु भएको छ। सचिवालयमा भएका तथ्यहरु आवश्यकताअनुसार सार्वजनिक गर्न कुनै बैठकले निर्णय गर्नु आवश्यक हुदैनु, उनले भनेका छन्।

आफूले लेखेको पत्रबारे कार्यकारी सचिवालयको आपतकालीन बैठकमा छलफल भएको, विज्ञप्ति जारी गर्ने निर्णय भएको एवं बैठकको मस्यौदामाथि छलफल हुँदै गर्दा २५ जुलाईमा अध्यक्षले पत्र जारी गरेको उनको दाबी छ। अध्यक्षको पत्रबारे कार्यकारी सचिवालयमा कुनै छलफल नभएको र निर्णयसमेत नभएको महासचिव डा।केसीले उल्लेख गरेका छन्। अध्यक्षज्यूले लेखेको पत्र पनि उहाँको व्यक्तिगत पत्र हो। उहाँको पत्रलाई युससएको निर्वाचन समितिले यसै रुपमा लिनु पर्ने हुन्छु, डा.केसीले भनेका छन्।

यो प्रकरणमा कसले अनुशासन मिचेको हो अनुशासन समितिबाट छानवीन हुनुपर्ने माग उनले गरेका छन्।
“अध्यक्ष र क्षेत्रिय संयोजकले आफ्नो अधिकार प्रयोग गरेर पत्राचार गर्न हुने तर महासचिवले आफ्नो अधिकारको प्रयोग गर्दा अनुशासनको कुरा उठ्ने कहाँको न्यायसंगत हुन्छ? अनुशाशनको दाहेरामा सबै जना आउन आवश्यक हुन्छ कि हुदैनरु गलत तथ्य दिएर कार्यकारी सचिवालयको जानाकारी बिना पत्राचार गर्ने क्षेत्रिय संयोजकलाई अनुशासन समितिले छानबिन गर्न अनुरोध गर्दछु, महासचिव डा।केसीले भनेका छन्, मेरो, अध्यक्षज्यू वा क्षेत्रीय संयोजक कसको पत्रले युएसएको निर्वाचन समितिलाई हस्तक्षेप गरेको छ त्यसको छानविन गरी दोषीलाई अनुशासनको कार्वाही गर्न म अनुशान समितिलाई अनुरोध गर्दछु। उनले चुनाबलाइ लक्षित गरी छिटो अनुशासन समितिले निर्णय गर्नुपर्ने माग गरेका छन्।
अध्यक्ष घलेले आफूले उपलब्ध गराएको तथ्यमाथि प्रश्न नगरी प्रक्रियामा मात्र प्रश्न उठाएको उनले बताएका छन्। मेरो पत्रमा कुनै तथ्यहरु गलत भएको वा तथ्यलाई तोडमोड गरेको प्रमाणित भएमा म अनुशासनको घेरामा आउन तयार छु। यसको छानबिन अनुशाशन समितिले गर्न म अनुरोध गर्छु। अध्यक्षज्यूको पत्रमा पनि मैले लेखेको तथ्य गलत छ भनिएको छैन, प्रकृयामा मात्र प्रश्न उठाएको छु, उनले भनेका छन्।

गैरआवासीय नेपाली संघको दुई कार्यकालमै राम्रो काम गरेका अध्यक्ष घले अमेरिका एनआरएनमा स्वार्थ देखाउँदा विवादित बन्न पुगेका हुन्।

गैरअवासीय नेपाली संघ राष्ट्रिय महाधिवेशन सञ्चालनसम्वन्धी नियमावलीको धारा ५ मा राष्ट्रिय महाधिवेशनमा आउने विवादको अन्तिम टुंगो लगाउने अधिकार अन्तर्राष्ट्रिय समन्वय परिषदलाई दिएको छ। यसबारे एकल रुपमा निर्णय गर्ने अधिकार अध्यक्ष, महासचिव वा क्षेत्रीय संयोजकलाई हुँदैन।

विवादमा कसरी तानिए घले?
गैरआवासीय नेपाली संघ अमेरिकाको निर्वाचनमा यो पटक एक जना लोकप्रिय अनुहार गौरीराज जोशीले अध्यक्षमा उम्मेवादरी दिने घोषणा गरे। उनको उम्मेवादरी रोक्न एउटा समूह सुरुदेखि नै सक्रिय थियो। कुनै सीप नलागेपछि अन्तिममा उनको योग्यतामाथि प्रश्न उठाउँदै उम्मेवादरी रोक्ने प्रयास भयो। निर्वाचन समितिले उम्मेदवारको अन्तिम सूचि प्रकाशित गर्दा डा।केशव पौडेल, रविना थापा, कृष्ण पोख्रेल र रामसी पोख्रेल नाम थियो। सबैभन्दा लोकप्रिय उम्मेदवार जोशीको नाम सूचिमा थिएन। यो विषयले अमेरिकाको नेपाली समुदायमा ठूलो तरंग ल्याइदियो। कतिपयले एनआरएन अब मृत्युसैय्यामा पुगेको भन्दै लेख प्रकाशित गरे। समुदायको दवाब थाम्न नसकेपछि निर्वाचन आयोगले उम्मेवादरका लागि आवश्यक योग्यता पेश गर्न समय दियो। त्यसपछि जोशीले आफूले एनआरएन अमेरिकाको संस्थागत टोलीमा काम गरेको प्रमाण उपलब्ध गराइदिन भन्दै केन्द्रमा पत्राचार गरे। त्यसको जवाफ दिँदै महासचिव डा.केसीले रेकर्डअनुसार उनको विवरण उपलब्ध गराइदिए। अध्यक्ष शेष घले सो विषयदेखि आक्रोशित बनायो। र, अर्को पत्र पठाउँदै डा.केसीको पत्रको वैधानिकतामाथि प्रश्न उठाए। विधानले दिएको अधिकार प्रयोग गरी रेकर्डअनुसार तथ्य उपलब्ध गराइदिँदा कसरी गलत भयो भन्ने प्रश्न गर्र्दै अहिले महासचवि डा.केसीले अनुशासन समिति गुहारेका हुन्। अब यो विषय अनुशासन समितिमा छलफल हुनेछ।