१६ चैत्र २०८०, शुक्रबार
Follow Us

विवेकशील र साझा पार्टी कसरी भए एक ?

नेपालब्रिटेन डट कम्
११ श्रावण २०७४, बुधबार ०९:२२

काठमाडौं । विवेकशील नेपाली पार्टी र साझा पार्टीको समझदारीमा पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ रहनेगरी बुधबार दिउँसो पार्टी एकताको घोषणा हुँदैछ । भने चुनाव चिन्ह तराजु राख्ने सहमति भएको छ ।
एकीकृत पार्टीमा विवेकशीलका अध्यक्ष उज्ववल थापा र साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको संयुक्त नेतृत्व हुनेछ । दुबैलाई सहसंयोजक पद दिइएको छ । बैठकको अध्यक्षता मिश्रले गर्ने सहमति भएको स्रोतले बताएको छ । पार्टीको केन्द्रीय समिति ५१ सदस्यीय हुनेछ । अहिले दुवै पार्टीबाट १७र१७ जना छन् भने १७ जनालाई केन्द्रीय सदस्य मनोनित गर्ने सहमति भएको छ ।