१२ बैशाख २०८१, बुधबार
Follow Us

घुस लिँदै गरेका सहायक सहकारी निरीक्षक पक्राउ

नेपालब्रिटेन डट कम्
११ श्रावण २०७४, बुधबार १६:३०

लहान । सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिरहाको लहानस्थित सहकारी डिभिजन कार्यालयका सहायक सहकारी निरीक्षक सुवास गड्तौलालाई पक्राउ गरेको छ ।

आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीबाट प्रहरी नायब उपरीक्षक रमेश बस्नेतको नेतृत्वमा खटिएको टोलीले सहकारी दर्ताका नाममा सेवाग्राहीसँग रु १५ हजार घुस लिँदै गरेका गड्तौलालाई पक्राउ गरेको हो ।

राजविराजस्थित योग्य महिला कृषि सहकारी संस्था राजविराज नपा ११ निवासी प्रतिभा यादवसँग कार्यालयका कर्मचारीले विगत दुई महिनादेखि रकम माग्दै आएको र उहाँकै उजुरीका आधारमा गड्तौलालाई पक्राउ गरिएको हो ।