६ चैत्र २०८०, मंगलवार
Follow Us

एनआरएन यूकेको उपाध्यक्षमा पहिलो पटक मिडल्याण्डको दावी

नेपालब्रिटेन डट कम्
११ श्रावण २०७४, बुधबार २३:३२

केशब भण्डारी । पिटरवरो । गैरआवासीय नेपाली संघ यूकेको आगामी अधिवेशनमा मिडल्याण्डबासी नेपाली समूदायले उपाध्यक्ष पदको दावी गरेका छन् ।
यहाँस्थित ७ वटा सामाजिक संघसँस्थाको पहलमा श्रीजनशील लेस्टर समाजका पूर्व अध्यक्ष दयानिधि सापकोटाले संघको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । विहीवार लेस्टरमा आयोजित एक पत्रकार सम्मेलन मार्फत उनले उम्मेदवारी घोषणा गरे ।

मिडल्याण्ड,क्यम्ब्रिजशेयर एंव लिंकनशेयर बस्ने नेपालीहरूका समाजिक संस्थाहरूको पहल र साझा नेपाली समाज यूकेको संयोजनमा गरिएको उक्त पत्रकार सम्मेलनमा सबैको सहमतिमा नटिंघम नेपाली समाजका पूर्व अध्यक्ष एवं गुल्मी जिल्ला समाजका कोषाध्यक्ष तारा भण्डारीलाई सचिव र पिटरबोरो नेपाली समाजका पवन शर्मा एंव शान्ती नेपाली समाज बर्घिंमका अध्यक्ष कृष्ण ढकाललाई कार्यसमिति सदस्यमा अगाडि सारिएको छ।

पत्रकार सम्मेलनको सभापति गर्नु भएका साझा नेपाली समाजका अध्यक्ष रण बहादुर केसीले सबैको सहयोगमा उम्मेदवार तय गरेको बताउदै एनअरएन यूकेलाई लण्डनमा मात्र सिमित नराखी पूरै यूके भरी बस्ने नेपाली हरूको साझा संस्था बनाउन आग्रह गरे । उनले

उपाध्यक्ष पदका प्रत्यासी सापकोटाले आफ्नो र आफ्ना साथीहरू तर्फबाट ९ बुदे प्रतिबध्दा प्रस्तुत गर्दै एनआरएन यूकेलाई बेलायत बस्ने सबै नेपालीहरूको साझा संस्था वनाउन पहल गर्ने बताए । उनले यस पटक नेपालमा बन्न लागेको एनआरएन भवनको सहयोग लागि महंगो भएपनि सदस्यता लिएर सहयोग गर्न आग्रह गरे

उम्मेदवारका प्रत्यासीहरूलाई एनआरएनका सल्लाहाकार कमल भणडारी, सचिव फडिन्द्र भट्टराई,युवा संयोजक हरी आचार्य,साझा नेपाली समाजका संस्थापक अध्यक्ष शंकर भण्डारी, गल्कोट समाजका उपाध्यक्ष राजु कणेल, शान्ती नेपाली समाजका सचिव प्रकाश तिवारी,हाम्रो नेपाली समाजका अध्यक्ष कृष्ण शर्मा, श्रीजनशील लेस्टरका अध्यक्ष प्रेम आले र उपाध्यक्ष कला पोखरेल, नेपाली समाज नटिंघमका अध्यक्ष प्रविन पाण्डे र पिटरबोरो नेपाली समाजका महासचिब नृपेश उप्रेतीले शुभकामना दिए।

पत्रकारहरू पत्रकार महासंघ यूकेका उपाध्यक्ष ध्रुव अर्याल, संस्थापक अध्यक्ष नबिन पोखरेल, सल्लाहाकार केशब भण्डारी,पार्षद फडिन्द्र भट्टराई,सदस्य नृपेश उप्रेति लगायतले राख्नु भएका प्रश्नहरूको जवाफ दयानिधि सापकोटा, रण केसी,कमल भणडारीले दिएका थिए।

साझा नेपाली समाजका महासचिब हरि कृष्ण कार्कीले संचालन गरेको उक्त कार्यक्रममा उपस्थित सबैलाई समाजका उपाध्यक्ष महेश अधिकारीले स्वागत मन्तव्य दिए।