१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ढकाल र गुरुङ कोपनहेगनमा सम्मानित

नेपालब्रिटेन डट कम्
१८ श्रावण २०७३, मंगलवार १६:४५

लण्डन । गैरआवासीय नेपाली सँघको अभियानमा लामो सयम देखी सकृय एनआरएन अभियान्तहरु सम्मानित भएका छन् । गैरआवासीय नेपाली सँघलाई बिशिष्ट योगदान पुराए वापत सम्मानित हुनेमा एनआरएन संस्थापक सचिब चिरन्जीबी ढकाल, एनआरएन यूकेका पूर्व अध्यक्ष सूर्य गुरुङ र बेल्जियका रवीन्द्रमान श्रेष्ठ छन् ।

उनीहरु शनिवार एनआरएन यूरोप सम्मेलनमा आयोजित एक कार्यक्रममा सम्मानित भएका हुन् । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र यूरोप संयोजक कुल आचार्यले कदरपत्र प्रदान गरि सम्मान गरे । सम्मानित हुने ढकाल गैरआवासीय नेपाली सँघका संस्थापक मध्यका एक हुन् । उनी गैरआवासीय नेपाली सँघ युरोपको पहिलो संयोजक हुन् । ढकालकै कार्यकाल देखी गैरआवासीय नेपाली संघ यूरोप बैठक बस्दै आएको छ । बिगत ३० बर्ष देखी बेलायतको बिभिन्न संघसस्था मार्फत सामाजिक क्षेत्रमा सकृय छन् ।

ढकालकै सकृयतमा सन् २००५ मा गैरआवासीय नेपाली सँघ बेलायतको स्थापना भएको हो । यती नेपाली एसोसियसन यूकेको दुई कार्यकाल अध्यक्ष बनी सकेका ढकालसंग गैरआवासीय नेपाली सँघका बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मेलनमा भाग लिएको अनुभव छ । गैरआवासीय नेपाली सँघ यूकेको सल्लाहाकार समेत रहेका ढकाल बेलायतबाट संचालित नेपालब्रिटेन डट कमका अध्यक्ष समेत रहेका छन् ।
यस्तै पोखराको पिएन क्याम्पसबाट स्नातक गरेलगत्तै २३ वर्ष अघि बेलायत प्रवेश गरेका गुरुङको समाजसेवाको लामै फेहरिस्त छ ।
उनकै संयोजकत्वमा सन् २००४ मा पोखरा रंगशाला निर्माण गर्न बेलायतबाट ४७ लाख रुपैयां पठाइएको थियो । गुरुङको संयोजकत्वमा सन् २०१३ मा हेल्प नेपाल नेटवर्कका लागि एक करोड २० लाख रुपैयां संकलन गरिएको थियो ।

उनले भूकम्प लगत्तै आफ्नो रेष्टुरेन्ट गोर्खा प्यालेस, फार्नबोरोमा च्यारिटी गरेर १५ लाख रुपैंया पीडितलाई प्रदान गरेका थिए । उक्त रेष्टुरेन्टले च्यारिटी गरेर हालसम्म ६० लाख रुपैयां विभिन्न क्षेत्रमा सहयोग गरिसकेको छ । उनी भूकम्पपछि लन्डनस्थित नेपाली दूतावासको संयोजकत्वमा गठित नेपाल ब्रिटेन राहत तथा उद्दार कोषको आर्थिक संयोजक थिए ।


एनआरएनए यूकेका पूर्व अध्यक्ष गुरुङले संघमा कोषाध्यक्ष भएका बेला कोशी बाढी पीडितको सहयोगार्थ गरिएको आर्थिक संकलन अभियानमा संयोजक भएर १४ लाख रुपैयां नेपाल पठाएका थिए । संयोजककै हिसावले डोल्मा बचाउ अभियानमा पनि उनले ५ लाख रुपैयां उठाए ।
त्यसैगरि, एनआरएनए यूके उपाध्यक्ष छंदा वेलफेयर कोअर्डिनेटर भएर उनले धेरै कल्याणकारी काम गरे भने अध्यक्ष हुंदा नेपालको त्रिभुवन विमानस्थलमा ट्रली पुर्याउने देखि माइती नेपाल लगायत विभिन्न संस्था र व्यक्तिलाई समेत आर्थिक सहयोग उपलव्ध गराए । अध्यक्षको कार्यकालमा उनले दोहोरो नागरिकता अभियानमा अन्तर्राष्ट्रिय समन्वय परिषदसंग सहकार्य गरेर राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, कानुनवीद लगायत विभिन्न दलका शीर्षस्थ नेताहरुसंग भेटेर उक्त मुद्दाको दरिलो खाका प्रस्तुत गर्दै दवाव दिन सक्रिय भूमिका निर्वाह गरे ।
सम्मान भन्दा कर्ममा विश्वास गर्ने उनी यसअघि नेपलिज युथ फोरमको प्राइड अफ नेपाल, नेपाल ब्रिटेन डटकमको लगातार दुईपटक टपटेन उत्कृष्ट अवार्ड र गत वर्ष सहारा यूकेको स्पेशल अवार्डबाट सम्मानित भए । उनलाई बेलायतमा अधिकांशले च्यारिटी किङको संज्ञा पनि दिएका छन् ।
सम्मानित हुने श्रेष्ठ लामो सयम देखी बेल्जियमा बिभिन्न सामाजिक कार्यमा सकृय छन् । उनी गैरआवासीय नेपाली सँघका संस्थापक मध्यका एक हुन् । उनी गैरआवासीय नेपाली सँघ बेल्जियमा संस्थापक अध्यक्ष हुन् ।
कार्यक्रमका सम्मानित हुने ब्यक्तित्वहरुलाई गैरआवासीय नेपाली सँघका अध्यक्ष शेष घलेले वधाई तथा शुभकामना दिए । ।