१३ बैशाख २०८१, बिहीबार
Follow Us

खुर्पा प्रहारबाट श्रीमान ठहरै

नेपालब्रिटेन डट कम्
१२ श्रावण २०७४, बिहीबार १०:५०

बनेपा । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ ठाडेमा आज श्रीमतीको खुर्पा प्रहारबाट ३३ वर्षीय सन्तबहादुर तामाङको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय, बनेपाका प्रहरी निरीक्षक अनिल घिमिरेका अनुसार घरायसी विवादले उग्ररुप लिँदा २६ वर्षीया श्रीमती लालुमाया तामाङले गरेको खुर्पा प्रहारबाट सन्तबहादुरको मृत्यु भएको हो ।
“हामी घटनास्थलमा पुग्दा मृत अवस्थामा सन्तबहादुर फेला प-यो,” प्रहरी निरीक्षक घिमिरेले भन्नुभयो । विवाद हुँदा श्रीमतीले मादकपदार्थ सेवन गरेको प्रहरीले आशंका गरेको छ । लालुमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव परीक्षणका लागि शिर मेमोरियल अस्पताल बनेपामा राखिएको छ ।