१६ चैत्र २०८०, शुक्रबार
Follow Us

‘कुटुमा कुटु गायिका’ मेलिनाको ‘सुन्न सकिनँ…’ (भिडियोसहित)

नेपालब्रिटेन डट कम्
१२ श्रावण २०७४, बिहीबार १०:५७

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा हिजोआज ‘कुटुमा कुटु…’ चर्चामा छ । यिनै चर्चित गीतको लोकप्रिय गायिका मेलिना राईद्वारा स्वरबद्ध नयाँ गीत तथा भिडियो सार्वजनिक भएको छ ।
चलचित्रका मात्र नभएर ‘तिम्ले बाटो फेर्यौ अरे’जस्ता लोकप्रिय आधुनिक गीतकी गायिका मेलिनाको ‘सुन्न सकिनँ…’ बोल गीत तथा भिडियोलाई एमएमएस इन्टरटेनमेन्टले सार्वजनिक गरेको हो । सार्वजनिक गीत ‘सुन्न सकिनँ…’ दर्शक श्रोताका लागि सुनौ–सुनौ र हेरुँ–हेरुँ’ लाग्न सक्छ ।
‘सुन्न सकिनँ’ सार्वजनिकसँगै मेलिनाले हरेक प्रकारका गीत गाउन सक्छिन् भन्ने उदाहरण पेश गरेकी छन् । यो प्रेम वियोगात्मक गीत हो, जसलाई मेलिनाले गायन प्रस्तुतीतमा पनि त्यो भाव पस्केकी छन् ।
राजेश अर्यालको शब्द र टंक बुढाथोकीको संगीत रहेको यसमा म्युजिक भिडियो निर्देशक तथा गीतकारसमेत रहेका दर्पण राई र मोडल सम्झना राईले अभिनय गरेका छन् । ‘तिम्ले बाटो फेर्यौ अरे’जस्ता सुपरहिट गीतका गीतकार दर्पण र सम्झनाका अलावा यस भिडियोमा रुपा केसीको पनि अभिनय छ । भिडियोमा दर्पण, सम्झना र रुपको त्रिकोणात्मक प्रेमकथा झल्काइएको छ, जसका कारण त्यो प्रेम वियोगात्कम बनेको छ ।
यस भिडियोलाई सशांक कँडेलले निर्देशन गरेका हुन् । चितवनमा छायांकन गरिएको ‘सुन्न सकिनँ’ गीतको यस भिडियोलाई राजकुमार लामिछानेले खिचेका हुन् भने सम्पादन प्रेम शर्मा पौडेलको रहेको छ । यस गीत तथा भिडियोलाई दर्शक तथा श्रोताले रुचाउनेछन् भन्नेमा एमएमएस इन्टरटेनमेन्टका दर्पण ढुक्क छन् ।