६ चैत्र २०८०, मंगलवार
Follow Us

दुई तिहाई पु-याउने कसरतमा सरकार : प्रवक्ता भुसाल

नेपालब्रिटेन डट कम्
१२ श्रावण २०७४, बिहीबार १५:३८

भक्तपुर । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले संविधान संशोधनका लागि सरकार दुई तिहाई बहुमत पु-याउने कसरतमा लागेको बताउनुभएको छ ।
रफत सञ्चार क्लबले आज गरेको साक्षात्कार कार्यक्रममा उहाँले दुई तिहाई मत नपुगेसम्म संशोधन प्रस्ताव संसद्मा लैजानुको अर्थ नहुने बताउनुभयो ।
प्रवक्ता भुसालले राप्रपा सरकारमा सहभागी नभए पनि संशोधन प्रस्तावको पक्षमा मत हाल्नेमा सरकार विश्वस्त रहेको चर्चा गर्दै निर्वाचन क्षेत्र निर्धारण आयोगले तोकिएको समयमा प्रतिवेदन बुझाउने बताउनुभयो ।
निर्वाचनसम्बन्धी विधेयक संसद्बाट छिट्टै पारित हुने बताउँदै उहाँले त्यसपछि बाँकी रहेको तेस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन र प्रदेश तथा केन्द्रको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयन हुनेमा जोड दिनुभयो ।