१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएन क्षेत्रिय बैठकमा भाग लिन एनआरएन यूकेको जम्बो टोलि जर्मनी तिर

नेपालब्रिटेन डट कम्
१३ श्रावण २०७४, शुक्रबार ०६:३७

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए)को युरोपियन समन्वय परिषद्को १० औँ भेलामा सहभागी हुन बेलायतस्थित गैरआवासीय नेपालीहरुको टोली फ्य्राङ्फट तिर लागेको छ ।
गैरआवासीय नेपाली संघको आयोजनामा शनिवार देखी सुरु हुने बैठकमा सहभागी हुन गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष मुछेत्र गुरुगंको नेतृत्वमा हिडेको टोलीमा करिब ५ दर्जन प्रतिनिधीहरु ब्रिटिश एयरवेज मार्फत फ्य्राङ्फट झर्दैछन् । क्षेत्रिय संयोजकका लागि एनआरएन यूकेको संयोजक संगिता मरहठ्टका अनुसार सो बैठममा बेलायतको तर्फवाट करिब १ सय जना प्रतिनिधीले भाग लिदैं छन् ।

यूरोपस्थित २८ देशका गैरआवासीय नेपाली भेलामा सहभागी हुन बेलायत, युएई, अमेरिका, अष्ट्रेलिया, मिडल इष्ट, अफ्रिका र एशिया प्यासफिकका प्रतिनिधि गरी करिब५ सय सहभागी हुने अपेक्षा गरिएको छ ।
2

शनिवार देखी सुरु हुने भेलामा भाग लिन प्रतिनिधीहरु विहिवार देखीनै फ्रयागंफर्ड उत्रिनेक्रम जारी छ । शुक्रवार साँझ पत्रकार सम्मेलन र विषेश सांस्कृतिक कार्यक्रमको आयोजना गरिको छ भने सम्म भेलाको औपाचारिक उद्घाटन जर्मनका लागि नेपाली राजदूत रमेशप्रसाद खनालले गर्ने छन् । कार्यक्रमलाई गैरआवसीय नेपाली संघको अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष उपेन्द्र महतो, संस्थापकहरु जीवा लामिछाने, राम थापा, चिरन्जीबी ढकाल, संरक्षक दिल गुरु, पूर्वप्रवक्ता डा. हेमराज शर्मा, सल्लाहाकार, विश्वआर्दश पण्डित, लगायतको उपस्थिती रहने छ ।