६ चैत्र २०८०, मंगलवार
Follow Us

नेपालको समृद्धिमा एनआरएन यूरोपको जोड (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१४ श्रावण २०७४, शनिबार १६:०१

फ्रयाङ्कफर्ट । जर्मनीको व्यापारिक केन्द्र फ्रयाङ्कफर्टमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोपियन क्षेत्रीय बैठकमा नेपालको समृद्धिबारे चर्चा भयो ।शनिबार सुरु भएको क्षेत्रीय बैठकमा नेपाल धनी नभएसम्म विदेशमा बस्ने नेपालीले सम्मान नपाउने बताइयो ।
एनआरएन यूरोपको यो १० औँ बैठक हो । बैठकसँगै आठौं युरोपियन क्षेत्रीय महिला सम्मेलन समेत हुँदैछ । एनआरएनएका अध्यक्ष शेष घलेले नेपाल धनी नभएसम्म विदेशमा बस्ने नेपालीले पनि सम्मान नपाउने भएकाले नेपालको समृद्धिका लागि अघि बढन आवश्यक रहेको बताए।
1

उनले विदेशमा सफलता प्राप्त गरेकालाई नेपालमा भित्र्याउन र उनीहरुलाई काम गर्ने वातावरण बनाउन एनरआएनएले भूमिका खेल्नु पर्ने बताए। चार वर्षको नेतृत्वमा गौरव र भावनको डोरीमा आवद्ध भएर मात्र अघि सारेको लक्ष्य पुरा नहुने उनको दाबी छ। उनले सहीदृष्टिकोण र बलियो संरचना पनि आवश्यक नभएकाले त्यसलाई कार्यान्वयन गर्न प्रतिबद्धताको आवश्यकता परेको बताए।
2

एनआरएनए केन्द्रका उपाध्यक्ष कुमार बस्नेतले गैरआवासीय संघ स्थापना भएको १४ वर्ष भएको र त्यसले नेपाली र नेपालको हितका लागि काम गरेको बताए।
संस्थाप्रतिको आकर्षणमा गैरआवासीय नेपाली पुस्तालाई ल्याउन र उनीहरुलाई देशको विकासमा लगाउनु चुनौती थपिएको बताए। युवा र महिला उद्यमशीलतामा आवद्ध भएकालाई व्यवसायको सञ्जालमा ल्याउनु पर्ने नेपालको आवश्यकता भएको उनको भनाइ छ। अन्य मुलुकमा जाने युवालाई नेपालमै टिकाउन नसकेसम्म देशको विकास नहुने उनले।
4

संस्थापक अध्यक्ष डा. उप्रेन्द्र महत्तोले नेपालीबीच एकतासँगै नेपालको समृद्धिका लागि विदेशमा बस्ने नेपाली लाग्नु पर्ने बताए। मुलुकको स्वास्थ्य र शिक्षा क्षेत्रको विकासका लागि विदेशमा बस्ने नेपालीले धेरै गर्न बाँकी रहेको उनको भनाइ छ। धनी देशको नागरिक हुन पाऊ भन्ने प्रत्येक नेपालीको सपना भएको बताए। आर्थिक विकासका नेपाली एक हुन आवश्यक भएको उनको भनाइ छ।
5

पूर्व अध्यक्ष र हालका प्रमुख संरक्षक जीवा लामिछानेले सामाजिक, आर्थिक, सांस्कृतिक संरक्षणसहितको नागरिकता पाउने आशा रहेको भन्दै यहाँ उठाएका हरेक विषय नेपालमा सकारात्मक रुपमा हेरिएको बताए।
बैठक गर्दा यसअघि बनाइएको योजना कार्यान्वयन भए नभएकोबारे समीक्षा गर्न आवश्यक भएको बताए। एनरआएनएका संरक्षक दिल गुरुङले विदेशमा बस्ने नेपालीबीच एकता नभएमा त्यसको असर नेपालमा समेत पर्ने बताए।
6

जर्मनीस्थित नेपाली राजदूत रमेशप्रसाद खरेलले विश्वभर छरिरहेका हरेक नेपालीले नेपालको चिन्ता गरिहेको बताए। अब चिन्ता भन्दा काम गर्न आवश्यक रहेको उनको भनाइ छ। उनले आफू राजदूत नभएर विदेशमा बस्ने सबै नेपाली राजदूत भएको र आफनो मुलुकको संस्कृति, भाषा, धर्म प्रचार गर्दै नेपालको छुटटै पहिचान बनाउनु पर्ने बताए। एनआरएन जर्मनकी अध्यक्ष नवजाराज रोस्याराले एनआरएनमा रहेको तिक्ततता हटाएर एकताको विकासका लागि यो बैठक महत्वपूर्ण भएको बताए।