१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सरकारको नियतमै खोट : अध्यक्ष थापा

नेपालब्रिटेन डट कम्
१५ श्रावण २०७४, आईतवार १५:१०

बर्दिवास । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मधेश समस्या समाधानमा सरकारको नियतमै खोट भएको आरोप लगाउनुभएको छ ।
आज महोत्तरीको बर्दिवासमा पार्टीको दुई नं प्रदेश समितिको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष थापाले संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्ने कुरा बाहिरी हल्ला मात्र भएको बताउनुभयो ।
“सरकार संशोधन प्रस्ताव पास गर्ने गराउने कुरामा इमान्दार छैन,” उहाँले भन्नुभयो । केही दिनयता सत्ता साझेदार दलले संंशोधन प्रस्तावलाई राजपालाई गिज्याउने र एमालेलाई तर्साउने अस्त्र बनाएको उहाँको आरोप थियो । संशोधन प्रस्तावप्रति आफ्नो पार्टी सधैँ सकारात्मक रहेको थापाले बताउनुभयो ।