७ बैशाख २०८१, शुक्रबार
Follow Us

सर्वोच्च अदालतको आदेश दुर्भाग्यपूर्ण : एमाले

नेपालब्रिटेन डट कम्
१५ श्रावण २०७४, आईतवार १५:४७

काठमाडौं । सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । पेशी चढेको दुई महिनापछि भरतपुर नगपालिका वडा नं १९ मा सर्बोच्च अदालतले पुन मतदान गराउने निर्णय सुनाएको हो ।
न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त ईजलासले आज साँझ यस्तो फैसला सुनाएको हो । मतगणना अन्तिम अवस्थामा पुगेपछि माओवादी केन्द्रका उम्मेदवार रेणु दाहालका प्रतिनिधिले मतपत्र च्यातेपछि भरतपुर महानगरपालिका मतगणनाको विवाद सर्वाेच्च अदालतसम्म पुगेको थियो ।
यसैबीच एमाले सचिव एवं प्रचार विभागका प्रमुख योगेश भट्टराईले सर्वोच्चको आदेशलाई ‘दुर्भाग्यपूर्ण’ भनेका छन् । एमाले मतगणनाको पक्षमा थियो ।