१५ बैशाख २०८१, शनिबार
Follow Us

आज सातजनाको मन्त्रिमण्डल बन्ने

नेपालब्रिटेन डट कम्
१९ श्रावण २०७३, बुधबार ०६:२१

काठमाडौं । नेकपा एमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विश्वासको मत लिएपछि आज ७ जनाको मन्त्रिमण्डल बन्ने भएको छ । प्रधानमन्त्रीसहित एमाओवादीको तर्फबाट तीन र कांगे्रसको तीनजनालाई आजै मन्त्रीको सपथ खुवाइने तयारी भएको बुझिएको छ । आफ्नो सहयोगीका रुपमा माओवादी अध्यक्ष दाहालले पार्टीबाट क–कसलाई मन्त्री बनाउला भन्ने चासो भन्दा पनि कांगे्रसको तर्फबाट कसले नेतृत्व गर्न बहसले व्यापकता पाएको छ ।
कांगे्रस सभापति शेरबहादुर देउवाले विमलेन्द्र निधिलाई पठाउने लगभग निश्चित जस्तै भएको छ । निधिसँगै शेखर कोइराला पनि शक्तिशाली मन्त्रालय लिएर मन्त्री बन्दैछन् भने देउवाका अर्का सहयोगी बालकृष्ण खाँणलाई पनि आजै मन्त्री बनाउने देउवा निकेट श्रोतले बताएको छ ।
नेता कृष्णप्रसाद सिटौलाले प्रचण्ड सरकारमा मन्त्री बन्ने कुनै इच्छा नरहेको बताएका छन् । विमलेन्द्र निधिसँगै सिटौलाले सरकारमा कांग्रेसको तर्फबाट नेतृत्व आफूले गर्ने दाबी गरेको बताइएको थियो । अर्जुननरसिंह केसी र गोपालमान श्रेष्ठले पनि सरकारमा पार्टीको नेतृत्व आफूले गर्न पाउनु पर्ने दाबी गरेका छन् ।
माओवादी अध्यक्ष दाहालको विपक्षमा एमाले र राप्रपा नेपाल उभिएका छन् । मधेशी मोर्चासँगको वार्ता सकरात्मक नभएकाले उनीहरु पनि खुलेका छैनन् । कांगे्रस, राप्रपा, विजयी गच्छेदारको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक), परिवार दललगायत अन्य साना दलले अध्यक्ष दाहालको पक्षमा मतदान गर्नेछन् । प्रचण्डले ३ सय २५ देखि ३० मत पाउने लगभग निश्चित छ ।