१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बेलायती राजकूमार फिलीपले यसै हप्ता अवकाश लिने

नेपालब्रिटेन डट कम्
१६ श्रावण २०७४, सोमबार १५:१३

लण्डन । बेलायतका राजकूमार फिलीपले यसै हप्ताभित्र सार्वजनिक पदबाट अवकाश लिनुहुने भएको बेलायतको राजदरबारबाट सोमबार जानकारी गराइएको छ ।
महारानी एलिजावेथ द्वितीयका जीवनसँगी ९६–बर्षीय फिलीपले अन्तिम समयमा कुनै पनि सहयोगी विना नै २२ हजार २०० सार्वजनिक समारोहमा सरिक हुँदै सक्रिय जीवनबाट अवकाश लिन लाग्नुभएको हो ।

द्वितीय विश्व युद्धमा नौसेनाको जिम्मेवारी सम्हालेका ‘डुक अफ एडिनवर्ग’ले बकिङ्घम राजदरबारमा बुधबार हुने राजकीय नौसैनिक प्रदर्शनमा सरिक हुनुहुनेछ । उहाँ बेलायती ‘कमान्डो फोर्स’का ‘क्याप्टेन जनरल’ हुनुहुन्छ ।

दरबारका एक प्रवक्ताले भने, “यो नै सम्भवत राजकूमार फिलीपको व्यक्तिगत रूपमा सार्वजनिक समारोहमा हुने अन्तिम सहभागिता हुनेछ । तर उहाँले महारानीको उपस्थितिमा समय समयमा हुने कार्यक्रममा सहभागी हुन चाहेमा यो निर्णयले कुनै प्रभाव पार्ने छैन ।”

बेलायतको इतिहासमा सवैभन्दा लामो समय सेवा गर्ने राजकूमार फिलीपले यसै बर्षकोको अन्त्यभित्र सार्वजनिक जिम्मेवारीबाट विदा लिने गत मे महिनामा घोषणा गर्नुभएको थियो ।

उहाँले एलिजावेथ द्वितीयले १९५२ मा आफ्ना पिताको मृत्य भएपछि जिम्मेवारी सम्हाल्नुभएको र त्यसपश्चात महारानीसँगको नाताले उहाँले पनि राजदरबारका महत्वपूर्ण जिम्मेवारी हेर्दै आउनुभएको छ । अवकासपूर्व व्यक्तिगत रूपमा २२ हजार २१९ सार्वजनिक कार्यक्रममा सहभागिता जनाउनुहुनेछ भने हालसम्म ६३७ पटक विभिन्न मुलुकको भ्रमण गर्नुभएको छ । उहाँले पाँच हजार ४९६ ठाउँमा सार्वजनिक भाषण दिनुभएको छ ।

राजकूमार फिलीपको उमेरका अन्य व्यक्तिको तुलनामा अझै स्वस्थ रहनुभएको छ । उहाँलाई गत जुनमा दुई रात उपचारका लागि अस्पताल भर्ना गरिएको भएपनि उहाँ के समस्याका कारण अस्पताल पु¥याइनुभएको थियो भन्ने दरबारले सार्वजनिक गरेको छैन ।

एकानब्बे बर्षीय महारानी र राजकूमारले राजकीय जिम्मेवारीलाई क्रमशः कम गर्दै जानुभएको छ । उहाँहरूको जिम्मेवारी जेष्ठ सुपुत्र राजकूमार चाल्र्स र नाती राजकूमार विलियमल हेर्दै आउनुभएको छ ।

‘डुक अफ क्याम्ब्रिज’ विलियमले आफ्नो एअर एम्बुलेन्सको चालकका रूपमा जिम्मेवारी पूरा गरी गत हप्तामात्र अवकास लिनुभएको छ । अहिले विलियम तथा उहाँकी संगिनी केटले राजदरबारका जिम्मेवारीतर्फ पूर्ण समय खर्चिदै आउनुभएको छ ।