८ बैशाख २०८१, शनिबार
Follow Us

भारतको उडिशामा चट्याङ लागेर ११ को मृत्यु

नेपालब्रिटेन डट कम्
१६ श्रावण २०७४, सोमबार १५:१५

नयाँ दिल्ली । भारतको दक्षिणी राज्य उडिशामा चट्याङ परेर कम्तीका ११ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन ।
उडिशाको प्रान्तीय राजधानी भुवनेश्वरबाट उत्तरपूर्वमा पर्ने भादराक, बालेश्वर र केन्द्रापारा जिल्लामा परेको छुट्टाछुट्टै चट्याङमा परी ती ११ व्यक्तिको मृत्यु भएको हो ।
चट्याङ परेर मरेका यी व्यक्तिहरू प्रायः धान खेतमा काम गरिरहेका थिए । वर्षात् जारी रहेपनि उनीहरू काममा थिए । सोही क्रममा चट्याङ परेको थियो ।
भारतको राष्ट्रिय दैवी प्रकोप विभागका अनुसार सन् २००५ यताको तथ्याङ्कमा भारतमा प्रत्येक वर्ष करिब दुई हजार व्यक्तिको मृत्यु चट्याङकै कारणले हुने गरेको देखाएको छ ।