१५ चैत्र २०८०, बिहीबार
Follow Us

घुस रकमसहित प्राधिकरणका कर्मचारी पक्राउ

नेपालब्रिटेन डट कम्
१६ श्रावण २०७४, सोमबार १५:१७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण दुहबी वितरण केन्द्र सुनसरीका फोरमेन गोविन्दप्रसाद न्यौपानेलाई रु ३० हजार घुससहित पक्राउ गरेको छ । नयाँ मिटर जडान गर्ने कार्यका लागि न्यौपानेले एक सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरीका आधारमा आयोगको विशेष टोलीले उहाँलाई आज पक्राउ गरेको हो ।
आयोग प्रवक्ता जीवराज कोइरालाले घुससहित पक्राउ परेका फोरमेन न्यौपानेमाथि थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।