१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अनर्गल प्रचारप्रति चीनकाजीको आपत्ति

नेपालब्रिटेन डट कम्
१७ श्रावण २०७४, मंगलवार ०४:२६

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका मुख्य सचेतक चिनकाजी श्रेष्ठले मन्त्रिपरिषद् विस्तारलाई लिएर पछिल्लो समय विभिन्न छापा तथा अनलाइन सञ्चारमाध्यममा प्रकाशति समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । प्रेस विज्ञप्ति जारी गर्दै उहाँले मन्त्री छान्दा भद्रगोल शैली, पञ्चायतकालको यातनाभन्दा चरम दण्ड पाएका जस्ता शीर्षकमा प्रशारित समाचारमा आफ्नो नाम जोडेर अनर्गल प्रचारप्रसार भइरहेको भन्दै आपत्ति प्रकट गर्नुभएको छ ।
पार्टीको मुख्य सचेतक जस्तो जिम्मेवार पदमा रहेर पार्टीको नीति र निर्देशानुसार आफूले काम गर्दै आएको बताउँदै उहाँले सरकारमा राम्रा र योग्य साथीहरुको सहभागिताप्रति आफ्नो कुनै गुनासो नरहेको स्पष्ट पार्नुभएको छ ।
सरकारमा को प-यो, परेन भन्ने मुख्य विषय नभई विभिन्न क्षेत्र र समुदायको समावेश गर्ने सक्दो प्रयत्न भएको आफूले पाएको बताउँदै उहाँले भन्नुभयो, “समावेशी सिद्धान्तका आधारमा नयाँ अनुहार सरकारमा समावेश हुनुभएको छ, यो अत्यन्त उदाहरणीय र सरहानीय छ ।”