८ बैशाख २०८१, शनिबार
Follow Us

बिदूर नगरपालिकामा बालमैत्री अभियान

नेपालब्रिटेन डट कम्
१७ श्रावण २०७४, मंगलवार ११:२८

नुवाकोट । बिदूर नगरपालिकाका नगरप्रमूख सञ्जु पण्डितले पनि नगरलाई बालमैत्री बनाउन नगरपालिका र नयाँ नेतृत्व प्रतिबद्ध रहेको बताउँदै यसका चुनौतिलाई सामना गर्ने बताउनु भयो । बिदूर नगरपालिकामा मीरेष्ट नेपालले आयोजना गरेको बालमैत्री स्थानीय शासन र बालभेलासम्बन्धी बृत्तचित्र प्रदर्शनी र अन्तरक्रिया कार्यक्रमका क्रममा नगरप्रमुख पण्डितले उक्त कुरा बताउनुभएको हो ।
बालमैत्री स्थानीय शासन एक संस्था वा नगरपालिका एक्लैको प्रयासबाट सम्भव नहुने भन्दै यहाँले सबै संस्था र सरोकारवालाहरुको गतिबिधि पारदर्शी हुनुपर्ने धारणा राख्नु भयो ।
उपप्रमूख गीताकुमारी दहालले आफू महिला तथा बालबालिका क्षेत्रमा क्रियाशिल रहेको कारणबाट बालअधिकारलाई हनन् हुन नदिन कदम उठाउने बताउनु भयो । जिल्ला बाल कल्याकारीणी समितिको तर्फबाट जीवन पुडासैनीले पनि बालमैत्री शासनका लागि बिगतका उपलव्धीलाई समीक्षा गर्नु पर्ने धारणा राख्नु भयो ।
बिदूर नगरपालिकाका कार्यकारी अधिकृत दुर्गाप्रसाद चालिसेले नगरपालिकाको नगरसभाले आगामी केही बर्षभित्रै बालमैत्री बनाउने आफनो नीति तथा कार्यक्रम पारित गरेको जानकारी दिदै नगरपालिकाका सबै क्रियाकलाप बालमैत्री बनाउने जानकारी दिनुभयो ।
उहाँले बालमैत्री स्थानीय शासन बहुक्षेत्रीय र बहुसरोकारको बिषय भएको हुँदा बालमैत्री अभियानले समजमा समृद्धि ल्याउने बिचार राख्नु भयो ।
बालमैत्री स्थानीय शासन फोकल पर्सन सरला श्रेष्ठले बाल क्लवहरुको पुनर्गठन गरेर अघि बढ्नु पर्ने बताउनु भयो ।
मीरेष्ट नेपालका महासचिब कुमार यात्रुले बालमैत्री शासनका लागि मीरेष्ट नेपाल प्राविधिक सहयोग गर्न तयार रहेको बताउँदै बालमैत्रीका सूचक पुरा गर्ने जिम्मा स्थानीय सरकारको भएको बताउनु भएको थियो ।

पन्चकन्यामा पनि
जिल्लाको अर्को स्थानीय तह पञ्चकन्या गाउँपालिकामा पनि बालमैत्री स्थानीय शासनको सूचक पुरा गर्ने क्रियाकलाप जारी रहेको छ ।
सो गाउँपालिकाकी उपाध्यक्ष सीता पराजुली खड्काका अनुसार गाउँसभाले बजेट बिनियोजन गरेर कार्य थालि सकेको छ । बिद्यालयहरु पुननिर्माणकै क्रममा रहेको हुँदा अव बन्ने सबै बिद्यालय बालमैत्री बन्ने र सडक सन्जालहरुलाई बालमैत्री बनाईने उहाँको भनाई थियो ।
गाउँपालिकाका कार्यकारी अधिकृत नरेश पुडासैनीले पनि बालमैत्री अभियान जारी रहेको बताउँदै बालमैत्री बनाउन स्रोत जुटाईने धारणा राख्नु भयो ।
तत्कालीन कविलास गाविस र हा पहिलो ल पन्चकन्या गाउँपालिका वडानम्बर २ का वडा सचिब महेन्द्र बहादुर नेपालले वार्डनम्बर दुइमा सबै सूचक पुरा भएको र यसै बर्ष वार्डलाई बालमैत्री घोषणा गर्ने कार्यक्रमका साथ अगाडि बढ्ने बताउनु भयो ।
वडा अध्यक्ष ध्ूब मिश्रले वडामा शिक्षा क्षेत्र कमजोर रहेकाले यसलाई सुधार गर्न सरोकारवालाका ध्यान जानु पर्ने बताउनु भयो ।