८ बैशाख २०८१, शनिबार
Follow Us

काँग्रेस, माओवादी र मधेसी मोर्चा सम्मिलित बैठक

नेपालब्रिटेन डट कम्
१९ श्रावण २०७३, बुधबार ०६:३७

काठमाडौं । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र मधेसी मोर्चाका शीर्ष नेताबीच प्रधानमन्त्रीको निर्वाचन, संविधान संशोधनलगायत विषयमा सहमति जुटाउन बैठक सुरु भएको छ । व्यवस्थापिका–संसद् नयाँबानेश्वर हाताभित्र सुरु भएको बैठकमा ती दलहरुबीच मङ्गलबार भएको मौखिक समझदारीलाई निष्कर्षमा पु-याउने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ । मोर्चाले आफ्ना मागमा सकारात्मक भएमा आज हुने प्रधानमन्त्रीको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई मतदान गर्ने जनाउँदै आएको छ ।
वार्तामा काँग्रेसका सभापति शेरबहादुर देउवा, केन्द्रका अध्यक्ष दाहाल र मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोलगायत सहभागी हुनुहुन्छ । संसद्को आज ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुँदैछ ।