८ बैशाख २०८१, शनिबार
Follow Us

आयल निगमबाट अख्तियार कागजपत्र लिएर फर्कियो

नेपालब्रिटेन डट कम्
१७ श्रावण २०७४, मंगलवार १५:४१

काठमाडौ । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई पक्राउ गर्न गएको अख्तियारको टोली आयल निगमबाट जग्गा खरिद सम्बन्धी फाइल लिएर फर्केको छ । करिव दुई घण्टा आफ्नै कार्यालय बबरमहलमा अख्तियारको नियन्त्रणमा रहेका खड्का हस्ताक्षर गरि फाईल वुझाएपछि छुटेका हुन् । अख्तियारले जग्गा खरिद प्रकरणमा निगमका कार्यकारी निर्देशक खड्कालाई पछि हाजिर हुने शर्तमा छोडेको श्रोतले बताएको छ ।

नेपाल आयल निगम्ले देशका सातवटा प्रदेशमा तेल भण्डारण गर्नका लागि खरिद गर्न लागेको जग्गामा माफियासँंग मिलेर २० करोड भन्दा बढि भ्रष्टाचार गरेको आरोप खड्कामाथि लागेको छ । सो भ्रष्टाचारबारे समाचार बाहिर आउदा पनि अख्तियारले चासो दिएको थिएन। खड्का पक्राउसगै उनिसंग यस काण्डमा मिलेका ठुलै माफिया तानिने अनुमान गरिएको थियो ।

एड्भेन्चर इन्भेष्टमेन्ट प्रा.लि.मार्फत् खरिद गरिएका जग्गामा चलनचल्तीको मूल्यभन्दा दश गुनाभन्दा बढी मूल्य बढाएर करोडौँ रूपैयाँ घोटाला गरिएको थियो । प्रबन्ध निर्देशक खड्काका छोरा रिजन खड्का, दीपक मलहोत्रा, विनोद भण्डारी, रामेश्वर थापा, अच्युत खनालको स्वामित्वमा रहेको एड्भेन्चर इन्भेष्टमेन्टबाट जग्गा खरिद गरिएको हो ।