७ बैशाख २०८१, शुक्रबार
Follow Us

भरतपुर–१९ मा साउन २० गते पुनः निर्वाचन

नेपालब्रिटेन डट कम्
१७ श्रावण २०७४, मंगलवार १५:४३

चितवन । भरतपुर महानगरपालिकाको वडा नम्बर–१९ मा यही साउन २० गते पुनः निर्वाचन हुने भएको छ । चितवन निर्वाचन कार्यालयले मंगलबार आगामी २० गते पुनः मतदान गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । साथै, निर्वाचनका लागि मंगलबारैदेखि मौनअवधि घोषणा गर्दै चुनाव प्रचार–प्रसारमा रोक लगाइएको छ । यसअघि, मंगलबारै बसेको सर्वदलीय बैठकमा साउन २० गते निर्वाचन गर्ने सहमति भएको थियो । दलहरुबीचको सहमतिपछि जिल्ला निर्वाचन कार्यालयले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।