११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएन अमेरिकाको निर्वाचन कार्यतालिकामा हेरफेर हुने (पत्र सहित)

नेपालब्रिटेन डट कम्
१८ श्रावण २०७४, बुधबार ०८:५४

लण्डन । गैरआवासीय नेपाली संघ अमेरिकाको ११ अगष्टमा हुने निर्वाचनको कार्यतालिका हेरफेर हुने भएको छ । संघको शनिवार सम्पन्न बैठकले अध्यक्षका प्रत्यासी गौरीराज जोशीको उम्मेदवारीको योग्यताबारे अध्ययन गर्न एक कार्यदल गठन गरे पछि निर्वाचन प्रकृया अबरुद्ध हुने भएको हो ।

संघका महासचिव डा. बद्री केसीले मंगलवार निर्वाचन समिति र एनआरएन अमेरिकालाई एक पत्र लेख्दै आइसीसीको निर्णय बमोजिम निर्वाचन समितिको कार्यतालिका संमायोजन गर्न निर्देशन दिएका छन् । पत्र बमोजिम कार्यदलले ५ अगष्ट अगाबै आफ्नो प्रतिवेदन आइसीसी बुझाउने तयारीमा जुटि सकेको छ ।
gsletter