७ बैशाख २०८१, शुक्रबार
Follow Us

एक लाख परिवारलाई रोजगारी दिने एनआरएन संस्थापक अध्यक्ष डा. महतोको घोषणा

नेपालब्रिटेन डट कम्
१९ श्रावण २०७३, बुधबार ०७:४६

लन्डन । गैरआवासीय नेपाली सँघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले निकट भविष्यमा एक लाख परिवारलाई रोजगारी दिने घोषणा गरेका छन् । गैरआवासीय नेपाली सँघ यूरोपको आइतवार सम्पन्न बैठकलाई सम्बोधन गर्दै डा. महतोले सो घोषणा गरेका हुन् । उनको १० अर्वको लगानीका काठमाण्डौंमा बन्दै गरेको मेडिकल कलेज र कृषि क्षेत्रका नेपालीहरुले रोजगारीको अवसर पाउने बताए ।

डा. महतोले लगानी सम्बन्धमा बैठकमा राखेका बिचार
दस मिलियन जतिको एउटा प्रोजेक्ट फाइन्ड गरिदिनोस् भनेर अनुरोध गरेका छौं । एउटा योजना हामीलाई दिनुहुनेछ । लगानी भनेको कुरा नगरी विश्वास बढ्दैन । र, त्यो पनि नेपालमै लगानी गर्नुपर्छ । नेपालमा भएको लगानीमा आफ्नो गल्तीबाहेक अरु कारणले डुबेको छैन ।
एनआरएन साथीहरु धेरै भावुक भएर आफूले कमाएको पूरै पैसा लिएर नेपाल जान्छु भनेर पनि नभन्नुहोला । यहाँको कमाइको केही भाग लगानी गर्नुहोस् । केही प्रतिशत नेपालमा लगानी गर्नुहोस् । नेपाल जति सुरक्षित विश्वमा कहीँ पनि छैन । हामीले हजार करोडको लगानीमा नेपालमा मेडिकल कलेज सुरुवात गर्दैछौ । साउथ इस्ट एशियाको अहिलेसम्म भएभन्दा सुविधा सम्पन्न अस्पतालको परियोजना बन्दैछ । विदेशमा अरुको गुलामी गरेर, अरुको भूमिमा पसिना बगाएर पैसा पठाउँछौं । तर उपचारका लागि विदेश जान्छौं । त्यसलाई रोक्न सकियो भने देशलाई ठूलो आर्थिक फाइदा पुग्ने छ । निकट भविष्यमा एग्रीकल्चरको क्षेत्रमा एक लाख परिवारलाई रोजगारी दिने हाम्रो योजना छ । महिनामा दुई लाख क्यास दिनु भएन भने किसानको हातमा नगद पैसा परोस् भन्ने यो योजनामा छ । यसमा तपाइँहरुको आइडिया, इनोभेसन आवश्य पर्छ त्यसैले सबै गैरआवासीय नेपालीहरुको सीप नेपालमा लगानी गर्ने अवसरलाई सदुपयोग गर्न सबैमा आग्रह गर्दछु ।