७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए जाम्बियामा नयाँ नेतृत्व

नेपालब्रिटेन डट कम्
१८ श्रावण २०७४, बुधबार १७:२२

लुसाका , जाम्बिया ।
अफ्रिकी मुलुक जाम्बियाको गैर आबासिय नेपाली संघको तेस्रो साधारण सभा गत आइतबार लुसाकामा सम्पन्न भएको छ । सभाले डा. बिशालनाथ उप्रेतीको अध्यक्षतामा सन २०१७- २०१९ का लागि नयाँ कार्यसमिती चयन गरेको छ । जसमा शंकर सुनुवार उपाध्यक्ष ,प्रमोद शर्मा महासचिव ,मोतीलाल श्रेष्ठ सचिब ,भिमबहादुर बम कोषाध्यक्ष र सदस्यहरुमा डा. किशोर अधिकारी ,पोषणराज बस्नेत ,सन्ध्या खनाल ,खेम नारायण पौडेल , शोभा सुनुवार र इन्दिरा उप्रेती रहेका छन ।
त्यसैगरी सभाले बिदुर खनाल ,अङ्गिरा आचार्य ,सबिता आचार्य ,नर्मदा आचार्य ढकाल , डा. रामजी ढकाल ,डा. प्रकाशचन्द्र घिमिरे , रजनी श्रेष्ठ र केशब श्रेष्ठलाई सल्लाहकारमा चुनेको छ ।
सभामा अध्यक्ष बिदुर खनालले एनसिसि जाम्बियाको सन २०१५- २०१७ को प्रगती विवरण प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष भिम बहादुर बमले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्बसम्मत रुपमा अनुमोदन गरेको थियोे । त्यसै गरि डा. प्रकाशचन्द्र घिमिरे संयोजक र रजनी श्रेष्ठ ,इश्वर भुषाल सदस्य रहेको निर्बाचान समितीले निर्बाचन प्रक्रिया सन्चालन गरेको थियो ।
सभाले जाम्बियामा प्रत्येक बर्ष ” नेपाल डे ” को आयोजना गरि नेपालको पर्यटन र सस्कृतीको प्रबर्द्धन गर्ने निर्णय गरेको छ ।