१३ बैशाख २०८१, बिहीबार
Follow Us

बालबालिकालाई ‘अनलाइन गेम’ नखेलाउन चेतावनी

नेपालब्रिटेन डट कम्
१९ श्रावण २०७४, बिहीबार ०६:५९

बेइजिङ । प्राथमिक र माध्यामिक तहको विद्यालयमा बालबालिकालाई अनलाइन वा मोबाइल गेम नखेलाउन चीनको शिक्षा मन्त्रालयले बुधबार चेतावनी दिएको छ ।
मन्त्रालयले गर्मी बिदाका बेला बालबालिकालाई यस्तै खेलहरूमा भुलाउने गरेकाले त्यस्तो नगरी अन्य विकल्प अपनाउन पनि आग्रह गरेको छ । अनावश्यक तथा खराब अनलाइनबाट समेत बालबालिकलाई टाढा राख्न मन्त्रालयले सुझाव दिएको छ ।
बालबालिकालाई बिदाको बेलामा थप शुल्क लिएर थप कक्षा सञ्चालन गर्ने कार्य पनि ठिक नभएको शिक्षा मन्त्रालयले स्पष्ट पारेको छ । बिदा वा फुर्सदको बेलामा बालबालिकालाई सामाजिक गतिविधिहरू, कृषिजन्य कार्य, स्वयमसेवी काम आदिमा लगाउनु उपयुक्त हुने मन्त्रालयको भनाई छ ।