१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रदेश नं २ काँग्रेसको भोट बैंक : महामन्त्री कोइराला

नेपालब्रिटेन डट कम्
१९ श्रावण २०७४, बिहीबार १०:५०

गौशाला । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले प्रदेश नं २ नेपाली काँग्रेसको भोट बैंक रहेको बताउनुभएको छ । जिल्लाको बर्दिवासस्थित नेपाली काँग्रेस पार्टी कार्यालयले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काँग्रेसले सधैँ प्रदेश नं २ मा बढी सिट ल्याएर चुनाव जित्दै आएकाले यो प्रदेश भोट बैंकको रुपमा रहेको चर्चा गर्नुभएको हो ।
महामन्त्री कोइरालाले २ नं प्रदेशबाहेक अन्य प्रदेशमा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घातका कारण काँग्रेस पछि परेको आरोप लगाउनुभयो । उहाँले सबै वर्ग जाति र समुदायका साथै आन्दोलनरत पक्षका संविधान संशोधनलगायतका माग काँग्रेसले नै पूरा गर्ने भएकाले यस प्रदेशमा स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आफ्नो दललाई पूर्ण बहुमतका साथ जिताउन आग्रह गर्नुभयो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्ने १५० जनालाई स्वागत गरिएको थियो ।