१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन अमेरीका क्षेत्रिय संयोजक लामा वेलायतमा

नेपालब्रिटेन डट कम्
१९ श्रावण २०७४, बिहीबार ११:३२

लण्डन । गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रिय संयोजक सोनाम लामा बेलायत आइपुगेका छन् । संघको यूरोप क्षेत्रिय बैठक सके लगत्तै लामा वेलायत आएका हुन् । लामाको सम्मानमा गैरआवासीय नेपाली संघ यूकेले विहीवार साँझ एक स्वागत कार्यक्रमको आयोजना गरेको थियो ।
गैरआवासीय नेपाली संघ यूकेको आयोजनामा भएको कार्यक्रममा आईसीसी सदस्य नवीन शेरचनको समेत उपस्थिती थियो ।

गोरखा प्यालेस रेष्टुरेन्ट फानवोरोमा आयोजित कार्यक्रममा लामालाई एनआरएन युकेको अध्यक्ष मुछेत्र गुरुड्गले खादा लगाएर सम्मान गरे ।
कार्यक्रममा बोल्दै संयोजक लामाले एनआरएन अभियान बारे आफ्नो अनुभव सुनाउँदै अभियानकै कारणले देशमा धेरै सकरात्मक कामको थालनी भएको वताए । उनले एनआरएनमा संगठनात्मक सुधार हुनु पर्नेमा जोड दिए ।

सो अवसरमा एनआरएन युके संरक्षकहरु क्रमस डमर घले, सुर्य गुरूङ, योगेन्द्र क्षेत्री, समाजसेवीहरु लक्ष्य गुरूङ, एकेन्द्र गुरुङ , तमुधी युके उपाध्यक्ष हितकाजी गुरूङ, एनआरएन युके उपाध्यक्षद्वय योग फगामी र हिराधन राई, उपाध्यक्ष शान्ती थापा मगर, एडिआई थर्क सेन, शीब कल्चरका अध्यक्ष रोहीत गुरूङ, एनआरएन युके सल्लाहकार पुरण गिरी, रामबजार युके समाजका अध्यक्ष जुमकाजी गुरूङ, मनको बावरीकी नायीका एवम निर्माता अनसर्ज गुरुड्ग लगायतको उपस्थिती थियो ।

कार्यक्रमा नायीका गुरुड्गलाई समेत खाता लगाई सम्मान गरीएको थियो। यसै बीच गैरआवासीय नेपाली संघ ओशियाना क्षेत्रिय संयोजक महेन्द्र कुमार लम्साल शुक्रवार वेलायत आउने भएका छन् ।