७ बैशाख २०८१, शुक्रबार
Follow Us

शेयर बजारमा परिसुचक घट्यो, कारोबार बढ्यो

नेपालब्रिटेन डट कम्
१९ श्रावण २०७४, बिहीबार १५:१३

काठमाडौं । विहीबार शेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ । बजार घटेपनि समग्र कारोबार भने बढेको छ । विहीबार नेप्से परिसुचक २ दशमलव एक छ अंकले घटेर १ हजार ६ सय ६० दशमलव पाँच आठ अंकमा बन्द भएको छ । १ सय ६३ कम्पनीहरुले १ अर्ब १३ करोड ७७ लाख भन्दा माथिको २८ लाख ५१ हजार ४ सय ६९ कित्ता शेयर खरिद विक्री भएको छ ।

क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शुन्य दशमलव दुइ चार अंकले घटेर ३ सय ४८ दशमलव दुइ दुइ अंकमा बन्द भएको छ । समुहगत परिसुचकमा बैंकिङ, फाइनान्स र अन्यबाहेक सबै समूह ओरालो लागेपछि समग्र सेयर बजार पनि घटेको हो । बैंकिङ समुहमा शुन्य दशमलव ८९ फाइनान्स समुहमा १२ दशमलव ९२ र अन्य समुहमा १ दशमलव ४४ अंकले बृद्धि भएको छ ।

होटल समुश १० दशमलव १२, विकास बैंक समुह १३ दशमलव ६७, जलविद्युत समुह ११ दशमलव १, बीमा समुश ४५ दशमलव ३ र उत्पादन तथा प्रशोधन समुह १७ दशमलव ३७ अंकले घटेका छन् । परिसूचक घटेपनि कारोबार रकम भने १० करोड रुपैयाँ बढेको छ ।

मुक्तिनाथ विकास बैंकको १० करोडमाथिको कारोबार भएको छ भने नेपाल ग्रामीण विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्सको पाँच करोडमाथिको कारोबार भएको छ । नेशनल माइक्रोफाइनान्स, वल्र्ड मर्चेन्ट बैंकिङ, कुबेर मर्चेन्ट फाइनान्सका शेयरधनीले झण्डै १० प्रतिशतले कमाएका छन ।

जनरल फाइनान्सका सेयरधनीले ९ दशमलव ९५ प्रतिशतले गुमाउँदा गण्डकी विकास बैंकका शेयर धनिले झण्डै १० प्रतिशतले गुमाएका छन । त्यस्तै नेपाल ग्रामीण विकास बैंकका शेयरधनीले ६ दशमलव २९ प्रतिशतले गुमाएका छन् ।