११ बैशाख २०८१, मंगलवार
Follow Us

भरतपुर–१९ मा सुरक्षा व्यवस्था कडा

नेपालब्रिटेन डट कम्
१९ श्रावण २०७४, बिहीबार १५:१५

चितवन । भरतपुर महानगरपालिका–१९ मा शुक्रबार हुने निर्वाचनमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।
एउटा वडामा मात्रै एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार नेपाल प्रहरीका ४६१ र सशस्त्र प्रहरीका २९५ जना परिचालन गरिँंदैछ । बाहिरी घेरामा नेपाली सेना र भित्री घेरामा राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन गरिँदैछ ।

बुधबार साँझदेखि वडामा प्रवेश गर्ने सवारीसाधनलाई जाँच गरी पठाइएको छ । थापाका अनुसार तीन मतदानस्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली परिचालन गरिँंदैछ । प्रहरी निरीक्षककै नेतृत्वमा तीन मोबाइल टोली तथा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा तीन स्ट्राइकिङ टोली परिचालन गरिँंदैछ ।

भरतपुर–१९ मा तीन मतदानस्थलमा छ मतदान केन्द्र छन् । किरण मावि, किरणगञ्ज मतदानस्थलमा एक हजार २४८, जीवनज्योति स्कुल गुञ्जनगरमा एक हजार ३०६ र शारदानगर माविमा एक हजार २४३ मतदाता छन् ।

गत जेठ १४ गते राति गणनाका क्रममा मतपत्र च्यातिएपछि विवादित बनेर मुद्दा परेको भरतपुर–१९ को विषयमा सर्वाेच्च अदालतले गत आइतबार निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएको थियो ।