१६ चैत्र २०८०, शुक्रबार
Follow Us

दक्षिण एसियाको आर्द्रतामा खतरनाक वृद्धि

नेपालब्रिटेन डट कम्
२० श्रावण २०७४, शुक्रबार ०५:३८

मायमी । विश्वको पाँचभागको एक भाग जनसङ्ख्या रहेको दक्षिण एसियामा यसै शताब्दीको अन्त्यसम्ममा मानव जाति बाँच्नै गाह्रो हुनसक्ने किसिमको तापक्रमको सामना गर्नुपर्ने चेतावनी वैज्ञानिकहरुले दिएका छन् ।
विश्वव्यापी तापमान वृद्धिलाई सम्बोधन नगरिए सन् २१०० सम्ममा उक्त सङ्कट आइपर्ने देखिएको जोर्नल साइन्स एडभान्सेसको अनुसन्धानले देखाएको हो ।
उत्सर्जन कटौती नभए बाँच्नलाई आवश्यक तापक्रमको सीमा नाघ्नसक्ने अवस्थाको सामाना भारत, पाकिस्तान र बङ्गलादेशको ठूलो क्षेत्रले भोग्नुपर्ने वैज्ञानिकहरु बताउँछन् । उक्त अध्ययनमा सम्लग्न वैज्ञानिकले उक्त खतरनाक तापलहरको जोखिम विश्वका झण्डै ३० प्रतिशत मानिसमा पर्नसक्नेछ ।